images

२०८३ आश्विन २ गते

images
images
images

कांग्रेस बैठकमा देउवालाई सभापति थापाको स्वागत

कांग्रेस बैठकमा देउवालाई सभापति थापाको स्वागत

images
images
बिहिवार, श्रावण २८ २०८३
बिहिवार, श्रावण २८ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी छ। बैठकको सुरुवात गर्दै सभापति गगन थापाले स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वागत गरेका छन्।

    images
    images

    सभापति थापाले बैठक सुरु गर्दै देउवालाई स्वास्थ्य लाभको शुभकामना सहित स्वदेशमा हार्दिक स्वागत गरेको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए।

    देउवा स्वास्थ्य उपचारका लागि गत फागुन १३ गते विदेश गएका थिए। उपचारपछि बिहीबार स्वदेश फर्किएका देउवालाई कांग्रेसका विभिन्न नेताहरूले स्वागत गरेका छन्।

    images
    images

    केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको आगामी राजनीतिक तथा सांगठनिक गतिविधि, समसामयिक राजनीतिक विषय र पार्टीभित्रका विभिन्न विषयमा छलफल हुने बताइएको छ। बैठकमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको छ।

    स्वास्थ्य उपचारपछि देउवा स्वदेश फर्किएसँगै कांग्रेसको आन्तरिक राजनीतिक गतिविधि र नेताहरूबीचको भेटघाटसमेत बढ्ने अपेक्षा गरिएको छ। बैठकमा देउवाको स्वास्थ्य अवस्थाबारे समेत नेताहरूले चासो व्यक्त गरेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend