images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • अविरल वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा...

अविरल वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सतर्कता अपनाउन आग्रह

अविरल वर्षाले सडक सञ्जाल प्रभावित, यात्रामा सतर्कता अपनाउन आग्रह

images
images
शुक्रवार, श्रावण २९ २०८३
शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौं, २९ साउन । लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो, बाढी तथा सडक हिलाम्मे हुँदा प्रमुख राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ।

    images
    images

    नेपाल प्रहरीका अनुसार बिहानको अपडेटमा काभ्रे, सिन्धुली, मकवानपुर, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, रुकुम पूर्व, लमजुङलगायत जिल्लाका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्।

    May be an image of text

    images
    images

    मुख्य अवरोध भएका सडकखण्ड
    बीपी राजमार्ग, खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यान दिँदै राति ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सञ्चालन गर्न दिइने व्यवस्था छ।

    कान्ति लोकपथ, वर्षाका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको छ।
    मेची राजमार्ग, इलाम नगरपालिका–९ राजदुवालीमा सडक हिलाम्मे भएपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। वैकल्पिक बाटो रहेको प्रहरीले जनाएको छ।
    अरनिको राजमार्गस् सिन्धुपाल्चोकको भोटेकोशी–४ चारकिलोमा पहिरो, भोटेकोशी–२ कोदारीमा ढुङ्गा, माटो तथा लेदोसहितको पहिरो र लिपिङमा सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको छ।
    त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक, रसुवाको उत्तरगया–५ खाल्टेमा त्रिशूली नदीले सडक कटान गरेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
    भेरी करिडोर, रुकुम पश्चिमको आठबिसकोट–६ रिजेगार्ड खोलामा पहिरो खसेपछि जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको छ।

    मध्यपहाडी लोकमार्ग, रुकुम पूर्वको भूमे गाउँपालिका–४ काडाबगर र वडा नं. ५ धौलापहिरामा पहिरोका कारण सडक अवरुद्ध भएको छ।
    लमजुङका सडक, मध्यपहाडी लोकमार्गको मध्यनेपाल–१० बिमिरेभञ्ज्याङ तथा बेँसीसहर–मनाङ सडकखण्डको बेँसीसहर–६ खरखरेभीरमा पहिरो खसेपछि सडक बन्द भएको छ।

    वर्षाका कारण पहिरो तथा बाढीको जोखिम अझै रहेकाले प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

    नोट,२०८३ साउन २९ गते बिहान उपलब्ध सडक अवरोधसम्बन्धी विवरणमा आधारित छ। नेपाल प्रहरीले सो दिन बिहानको विवरण सार्वजनिक गरेको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend