images

२०८३ आश्विन २ गते

images
images
images

नेपाली सेनामा २८० अधिकृत क्याडेट माग

नेपाली सेनामा २८० अधिकृत क्याडेट माग

images
images
शुक्रवार, श्रावण २९ २०८३
शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौँ । नेपाली सेनाले अधिकृत क्याडेट (सहायक सेनानी/उपसेनानी) पदका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको छ। जङ्गी अड्डास्थित भर्ना छनौट निर्देशनालयले खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी जम्मा २८० जनाका लागि विज्ञापन खुलाएको हो। 

    images
    images

    योग्य नेपाली नागरिकले सेनाको आधिकारिक वेबसाइटमार्फत अनलाइन फाराम भरी तोकिएको केन्द्रमा उपस्थित भएर दरखास्त बुझाउनुपर्ने व्यवस्था गरिएको छ। इच्छुक उम्मेदवारले आगामी असोज २७ गतेसम्म नियमित दस्तुरमा र सो अवधिमा छुटेकाले असोज २८ गतेदेखि कात्तिक ४ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्नेछन्।माग गरिएको कुल दरबन्दीमध्ये खुलातर्फ सबैभन्दा बढी १४६ जनाको सिट छुट्याइएको छ। समावेशीतर्फ आदिवासी जनजातिका लागि ३९, मधेसीका लागि ३३, महिलाका लागि २४, दलितका लागि १८ र पिछडिएको क्षेत्रका लागि ६ जनाको कोटा निर्धारण भएको छ। 

    यसैगरी सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रूपमा अशक्त नेपाली सैनिकका सन्ततिका लागि १४ वटा सिट सुरक्षित गरिएको छ। दरखास्त दिनका लागि शैक्षिक योग्यता न्यूनतम प्रमाणपत्र तह (कक्षा १२) वा सोसरह उत्तीर्ण भएको हुनुपर्नेछ। स्नातक तह वा सोसरह उत्तीर्ण गरेकाले पनि यस पदमा आवेदन दिन पाउनेछन्।उमेर हदको हकमा शैक्षिक योग्यताअनुसार फरक मापदण्ड तय गरिएको छ। प्रमाणपत्र तह उत्तीर्ण गरेका उम्मेदवार दरखास्त दिने अन्तिम मिति अर्थात् असोज २७ गतेसम्म १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको हुनुपर्नेछ। यस्तै स्नातक तह उत्तीर्ण गरेकाको हकमा १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको उमेर समूह तोकिएको छ। बहालवाला सैनिक उम्मेदवारले भने २६ वर्षको उमेरसम्म आवेदन दिन पाउनेछन्। यसका साथै पुरुषको उचाइ न्यूनतम ५ फिट ३ इन्च र महिलाको न्यूनतम ५ फिट हुनुपर्ने शारीरिक योग्यता तय गरिएको छ।

    images
    images

    दरखास्त प्रक्रियालाई प्रविधिमैत्री बनाइएको छ। उम्मेदवारले सुरुमा सेनाको वेबसाइटमा गएर अनलाइन फाराम भर्नुपर्नेछ। अनलाइन आवेदन भरिसकेपछि त्यसको प्रिन्ट कपी र आवश्यक सक्कल प्रमाणपत्रसहित आफूले छनोट गरेको भर्ना केन्द्रमा स्वयम् उपस्थित भएर दरखास्त पेस गर्नुपर्नेछ। अनलाइन फाराम मात्र भरेर आवेदन प्रक्रिया पूरा हुँदैन। यस विषयमा सेनाले स्पष्ट पारेको छ, ‘कुनै उम्मेदवारले अनलाइनबाट मात्र निवेदन फाराम सब्मीट गरेर’ त्यसको प्रिन्टसहितको फाराम भर्ना केन्द्रमा नबुझाएको अवस्थामा ‘सो अनलाइनबाट मात्र सब्मिट गरेको फारामलाई मान्यता दिइने छैन।’ 

    आवेदन दस्तुर खुलातर्फ एक हजार रुपैयाँ तोकिएको छ। समावेशी समूहतर्फ पनि फाराम भर्ने उम्मेदवारले प्रत्येक समूहका लागि थप २० प्रतिशत अर्थात् दुई सय रुपैयाँका दरले दस्तुर बुझाउनुपर्नेछ। सेनाले काठमाडौं, इटहरी, बर्दिबास, हेटौँडा, पोखरा, बुटवल, सुर्खेत र कैलाली गरी आठ स्थानमा भर्ना छनौट केन्द्र तोकेको छ।

    2026-08-13-11-48-11-2083-04-29-3

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend