images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • प्रभु बैंकद्वारा आकर्षक सुविधासहित घर र...

प्रभु बैंकद्वारा आकर्षक सुविधासहित घर र सवारी साधन कर्जा योजना सार्वजनिक

प्रभु बैंकद्वारा आकर्षक सुविधासहित घर र सवारी साधन कर्जा योजना सार्वजनिक

images
images
शुक्रवार, श्रावण २९ २०८३
शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौँ । प्रभु बैंक लिमिटेडले ग्राहकको वित्तीय आवश्यकता सहज, सरल र किफायती रूपमा पूरा गर्ने उद्देश्यका साथ आकर्षक घर कर्जा तथा सवारी साधन कर्जा योजना सार्वजनिक गरेको छ।यस योजना अन्तर्गत घर कर्जाका लागि अधिकतम ३ करोड रुपैयाँसम्मको सीमा तोकिएको छ। कर्जाको अवधि अधिकतम २५ वर्षसम्म रहने गरी कर्जाको सेवा शुल्क ०.५० प्रतिशत तथा ब्याजदर औसत आधार दर मा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको छ। यो सुविधा देशभरीका ३०० वटा शाखामार्फत उपलब्ध गराइने बैंकले जनाएको छ। योजना अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मतका साथै घर निर्माण गर्ने प्रयोजनका लागि जग्गा खरिद गर्न चाहने ग्राहकलाई वित्तीय पहुँच उपलब्ध गराइनेछ।

    images
    images

    त्यसैगरी बैंकले सवारी साधन कर्जा योजना अन्तर्गत व्यक्तिगत प्रयोजनका लागि सवारी साधन खरिद गर्न अधिकतम ७ वर्षसम्मको कर्जा सुविधा सार्वजनिक गरेको छ। यस योजनामा पनि सेवा शुल्क ०.५० प्रतिशत तथा ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष कायम गरिएको छ। कर्जाका लागि सम्पूर्ण कागजात पेश गरिएको दुई कार्यदिनभित्रै डेलिभरी अर्डर उपलब्ध गराइने बैंकले जनाएको छ।छिटो, सरल तथा पारदर्शी कर्जा प्रक्रिया, गुणस्तरीय सेवा तथा विश्वसनीय बैंकिङ अनुभव प्रदान गर्न प्रभु बैंक निरन्तर प्रयासरत रहेको जनाइएको छ। यो योजना बैंकका सम्पूर्ण शाखामार्फत प्राप्त गर्न सकिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend