images

२०८३ आश्विन २ गते

images
images
images

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द

प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा बन्द

images
images
आइतवार, श्रावण ३१ २०८३
आइतवार, श्रावण ३१ २०८३
  • नारायणगढ (चितवन), ३१ साउन । बागमती प्रदेश सरकारअन्तर्गतको प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भक्तपुरको जनस्वास्थ्य प्रयोगशाला सेवा एकाइ चितवनमा खकार परीक्षण तथा एचआइभी, एचसिभी र भाइरल लोड परीक्षणबाहेकका सम्पूर्ण सेवा बन्द भएका छन् ।

    images
    images

    प्रयोगशालामा अघिल्लो आर्थिक वर्षमा ल्याइएका सामग्री सकिएको र चालु आवका लागि आवश्यक सामग्री आइनसकेकाले गत साउन २६ गतेदेखि सेवा बन्द भएको हो । प्रयोगशालाका सूचना अधिकारी रमेशसिंह डोवालले प्रयोगशाला सेवा बन्द भएको सम्बन्धमा सूचना जारी गरी सेवाग्राहीलाई जानकारी गराइएको बताएका छन् । उनका अनुसार प्रयोगशाला सामग्री खरिदको प्रक्रिया चलिरहेको भए पनि आवश्यक सामग्री आइनसकेका कारण सेवा बन्द गर्नुपरेको हो ।

    प्रयोगशालाबाट विभिन्न स्वास्थ्य परीक्षण हुँदै आएको थियो । यहाँ दैनिक एक सयभन्दा बढी व्यक्तिको विभिन्न स्वास्थ्य परीक्षण हुने गरेको सूचना अधिकारी डोवालले बताएका छन् । अन्य स्थानको तुलनामा सस्तो र विश्वसनीय सेवा पाइने भएकाले सेवाग्राहीको आकर्षण रहेको उनको भनाइ छ ।

    images
    images

    “यहाँ आउने बिरामीले सेवा सस्तो र विश्वासिलो भएको बताएका छन् । अहिले सेवा बन्द हुँदा बिरामीलाई अन्यत्र जानुपर्ने अवस्था आएको छ”, उनले भने, “प्रयोगशालाका सामग्री क्रमशः सकिँदै जाँदा केही सेवाहरू बन्द हुँदै आएका थिए । तर तीनचार दिनदेखि सबै सामग्री सकिएपछि सम्पूर्ण सेवा बन्द गर्नुपर्ने अवस्था आएको हो ।”

    बागमती प्रदेशका तत्कालीन स्वास्थ्यमन्त्री एवं प्रदेशसभा सदस्य उत्तम जोशीले २०८० असार १६ गतेदेखि चितवनमा जनस्वास्थ्य प्रयोगशाला सेवा एकाइ सञ्चालनमा ल्याएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend