images

२०८३ आश्विन २ गते

images
images
images

बैंकको ब्याजदरमा ब्रेक लागेन, भदौमा पनि घट्यो (सूची सहित)

बैंकको ब्याजदरमा ब्रेक लागेन, भदौमा पनि घट्यो (सूची सहित)

images
images
आइतवार, श्रावण ३१ २०८३
आइतवार, श्रावण ३१ २०८३
  • काठमाडौँ । वाणिज्य बैंकहरुको ब्याजदर घट्ने क्रमले निरन्तरता पाएको छ । वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको विवरणले यस्तो देखाएको हो ।साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको छ। भदौ महिनाका लागि २० वटा वाणिज्य बैंकमध्ये ५ वटा बैंकले आफ्नो अघिल्लो महिनाको ब्याजदर घटाएका छन् भने बाँकी १५ वटाले पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन्।

    images
    images

    सबैभन्दा धेरै ब्याजदर घटाउनेमा सिद्धार्थ बैंक र नेपाल बैंक रहेका छन्। सिद्धार्थ बैंकले व्यक्तिगत तर्फ ०.२९ प्रतिशत र संस्थागत तर्फ ०.२० प्रतिशतले ब्याजदर कटौती गरेको छ। त्यस्तै, नेपाल बैंकले व्यक्तिगततर्फ ०.१ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशतले ब्याजदर घटाएको छ।त्यस्तै, सिटिजन्स बैंक इन्टरनेसनलले व्यक्तिगतमा ०.१ प्रतिशतले ब्याजदर घटाउँदा कुमारी बैंकले व्यक्तिगतमा ०.०९ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ०.०५ प्रतिशतले ब्याजदर कम गरेका छन्। यी तीन वटै बैंकले संस्थागत तर्फको ब्याजदर भने साउन महिनाकै स्थिर राखेका छन्।यद्यपि, अधिकांश वाणिज्य बैंकहरूले भने साउन महिनाकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिएका छन्।

    नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, सानिमा, माछापुच्छ्रे, कृषि विकास, नेपाल एसबिआई, एभरेष्ट, हिमालयन, लक्ष्मी सनराइज, एनआइसी एसिया, राष्ट्रिय वाणिज्य, प्राइम कमर्सियल र ग्लोबल आइएमई गरी १५ वटा बैंकले आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दती ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।अघिल्लो महिनाको विपरीत, घट्दो ब्याजदरको यस प्रवृत्तिका बिच भदौ महिनाका लागि भने कुनै पनि वाणिज्य बैंकले आफ्नो ब्याजदर बढाएका छैनन्।नयाँ प्रकाशित दर अनुसार भदौ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर नबिल बैंक र प्रभु बैंकले नै दिनेछन्। यी दुई बैंकले व्यक्तिगत तर्फ अधिकतम ४.५५ प्रतिशत ब्याजदर तोकेका छन्।अर्कोतर्फ, व्यक्तिगत मुद्दतीमा सबैभन्दा कम ब्याजदर कुमारी बैंक र सिद्धार्थ बैंकको रहेको छ, जहाँ ग्राहकले अधिकतम ३.७६ प्रतिशत मात्र ब्याज पाउनेछन्।

    images
    images

    संस्थागत मुद्दती निक्षेपको हकमा भने नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, नेपाल बैंक, एभरेष्ट र हिमालयन बैंकले सबैभन्दा धेरै ३.५ प्रतिशत ब्याज दिनेगरी तोकेका छन् ।प्रभु, कृषि विकास, नेपाल एसबिआई, प्राइम कमर्सियल, ग्लोबल आइएमई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम २.७५ प्रतिशत मात्र ब्याजदर तोकेका छन्।

    हेर्नुहोस् भदौका लागि बैंकहरुले तय गरेका ब्याजदरको अवस्था

    list_int rate

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend