images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • नेशनल लाइफको नाफा घट्यो, जीवन बीमा...

नेशनल लाइफको नाफा घट्यो, जीवन बीमा कोष खर्बमाथि पुग्यो

नेशनल लाइफको नाफा घट्यो, जीवन बीमा कोष खर्बमाथि पुग्यो

images
images
आइतवार, श्रावण ३१ २०८३
आइतवार, श्रावण ३१ २०८३
  • काठमाडौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा गिरावट आएको हो । समीक्षा अवधिमा कम्पनीले ३७ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको वर्षको तुलनामा १०.२३ प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आर्थिक बर्षमा ४१ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि गिरावट आएको छ । समीक्षा अवधिमा कम्पनीको इपीएस ६ रुपैयाँ ६४ पैसा पुगेको छ । अघिल्लो आवको अन्तिमसम्ममा कम्पनीको इपीएस ७ रुपैयाँ ९२ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ७५ पैसा रहेको छ ।

    images
    images

    नाफा घटे पनि कम्पनीको जीवन बीमा कोषको आकार खर्ब माथि पुगेको छ । समीक्षाा अवधिमा जीवन बीमा कोषको आकार १ खर्ब ३ अर्ब ७१ करोड ४१ लाख पुगेको हो । कम्पनीको जीवन बीमा कोष अघिल्लो आर्थिक वर्षको भन्दा १०.३५ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको जीवन बीमा कोष ९३ अर्ब ९८ करोड ७७ लाख रुपैयाँको रहेको थियो । 

    समीक्षा अवधिमा कम्पनीले २४ अर्ब १५ करोड ८७ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा १२.५१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले २१ अर्ब ४७ करोड २७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको कुल आम्दानी १०.४३ प्रतिशतले बढेर ३१ अर्ब ६१ करोड रुपैयाँ पुग्दा कुल खर्च पनि ११.०४ प्रतिशतले बढेर ३० अर्ब ४५ करोड ९२ लाख रुपैयाँ नाघेको छ । ५ अर्ब ६९ करोड १६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको महाविपत्ति कोष ५.४२ प्रतिशतले बढेर ७४ करोड ५९ लाख रुपैयाँ कायम भएको छ ।समीक्षा अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा भने ४३.७६ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ८७ करोड १० लाख रुपैयाँ रहेको जगेडा कोष ४८ करोड ९८ लाखमा झरेको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend