काठमाडौं । कीर्तिपुर नगरपालिका वाड नं ३ सागल कीर्तिपुर स्थित सस :त्वा हस्पिटालिटी प्रालि र प्रभु बैंक लिमिटेड बीच विशेष छुट सम्झौता भएको छ ।बैंकका तर्फबाट सेन्ट्रल विजनेश सेन्टरका प्रमुख लेखबहादुर पुन र कीर्तिपुर शाखा प्रमुख रश्मि महर्जन र सस :त्वा हस्पिटालिटी प्रालि तर्फबाट बिक्री तथा बजारीकरण अधिकृत सागर खनाल र सञ्चालक प्रबन्धक सुशान महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
सस :त्वा हस्पिटालिटीमा प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले सेवा तथा सुबिधा लिएबापत बिशेÈ छुट पाउने छन् ।सम्झौता अनुसार प्रभु बैँक लिमिटेड का ग्राहक तथा कर्मचारीहरु तथा वैध परिचयपत्र भएका ग्राहकहरुलाई खाना तथा पेय पदार्थमा १० प्रतिशत–१५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।सस :त्वाको सेवा तथा सुबिधा प्राप्त गर्नको निमित्त बैँकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैँकका अन्य कुनै विद्युतिय प्रणाली द्धारा विल भुक्तानी गर्नुपर्ने छ ।




.gif)



