मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले राजीनामा दिएसँगै नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ ।प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सोमबार नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि भदौ ४ गते बिहीबार अपराह्न ४ बजेसम्म दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गरेका हुन् ।
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच भएको सहमति अनुसार बागमतीमा अब नेकपा एमालेले सरकारको नेतृत्व गर्ने छ । नेपाली कम्युनिस्ट पार्टी सत्ता साझेदार रहनेछ ।





.gif)





