images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • उपभोक्ता ठगी गर्ने व्यवसायीमाथि विभागको कडाइ,...

उपभोक्ता ठगी गर्ने व्यवसायीमाथि विभागको कडाइ, दुई फर्मलाई जरिवाना

उपभोक्ता ठगी गर्ने व्यवसायीमाथि विभागको कडाइ, दुई फर्मलाई जरिवाना

images
images
बुधवार, भाद्र ३ २०८३
बुधवार, भाद्र ३ २०८३
  • काठमाडौँ । उपभोक्ता ठगी तथा नियमविपरीत सञ्चालनमा रहेका व्यावसायिक फर्ममाथि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको छ ।  मंगलबार गरेको बजार अनुगमनमा काठमाडौँका दुई फर्मलाई कुल पाँच लाख रुपैयाँ जरिवाना गरेको हो । विभागले विद्यार्थी भर्नाका क्रममा प्यान बिल जारी नगरेको र अस्वस्थकर खाना खुवाएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कोटेश्वरस्थित न्यु फेमिली गर्ल्स होस्टेललाई तीन लाख जरिवाना गरिएको छ ।त्यस्तै,तोकिएकोभन्दा बढी मूल्यमा सामान बिक्री गरेको पाइएपछि महाराजगञ्जस्थित ओलीज स्टोर प्रालिलाई दुई लाख रुपैयाँ जरिवाना गरेको हो।

    images
    images

    अनुगमनका क्रममा कैफियत देखिएका अन्य तीन व्यवसायलाई आवश्यक सम्पूर्ण कागजातसहित तीन दिनभित्र विभागको बबरमहलस्थित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ । ललितपुरको पुल्चोकस्थित खाना डट कमलाई व्यवसाय दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, प्रयोग भइरहेको क्यूआर कोडको बैंक स्टेटमेन्ट तथा खरिद–बिक्रीका कागजातसहित उपस्थित हुन भनिएको छ । त्यसैगरी, कीर्तिपुरस्थित क्षितिज मेडिकल स्टोरलाई बिक्री गरिएका औषधिको मूल्य प्रमाणित गर्ने नमुना औषधि र बिलसहित उपस्थित हुन निर्देशन दिइएको छ । बुढानीलकण्ठस्थित विश्राम रेस्टुरेन्ट एण्ड बारलाई ग्यास डिलरको प्रमाणपत्र, खरिद–बिक्री बिल तथा वितरणको विवरणसहित विभागमा उपस्थित हुन भनिएको छ । 

    विभागले बजार अनुगमनका क्रममा विभिन्न व्यवसायलाई सुधारका लागि आवश्यक निर्देशनसमेत दिएको छ । जसअन्तर्गत काठमाडौँको वाटिका ट्रेडर्सलाई अनिवार्य रूपमा बिलबिजक जारी गर्न, ललितपुरको संगिज एपरल स्टुडियोलाई खरिद–बिक्री बिल र एमआरपी लेबल व्यवस्थित गर्न, भक्तपुरको गठ्ठाघरस्थित न्यू रिस्सा स्विट्सलाई खाद्य स्वच्छता तथा गुणस्तर मापदण्ड पालना गर्न, गाम्चाको गायत्री स्पाइसेस एण्ड फुडलाई नियमित बिल जारी गर्न तथा दधिकोटको गढीमाई तेल मिललाई लेबलसहितको एमआरपी स्टिकर भएको मालसामान मात्र बिक्री गर्न र मूल्यसूची व्यवस्थित गर्न सचेत गराइएको छ । यसैगरी  ग्यासको सहज बिक्री–वितरण गरिरहेको काठमाडौँ चक्रपथस्थित सीता ग्यास स्टोरलाई धन्यवाद दिँदै आगामी दिनमा पनि उक्त कार्यलाई निरन्तरता दिन आग्रह गरिएको छ र मध्यपुर थिमीस्थित भट्ट सप्लायर्सलाई भने ग्यासको सहज आपूर्ति व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend