images

२०८३ आश्विन २ गते

images
images
images
  • प्रविधि
  • बालबालिकालाई सामाजिक सञ्जालमा ‘लत’ लगाएको आरोपमा...

बालबालिकालाई सामाजिक सञ्जालमा ‘लत’ लगाएको आरोपमा मेटाविरुद्ध सुनुवाई सुरु

बालबालिकालाई सामाजिक सञ्जालमा ‘लत’ लगाएको आरोपमा मेटाविरुद्ध सुनुवाई सुरु

images
images
बुधवार, भाद्र ३ २०८३
बुधवार, भाद्र ३ २०८३
  • ओकल्यान्ड, क्यालिफोर्निया । सामाजिक सञ्जाल कम्पनी मेटाले बालबालिका र किशोरकिशोरीलाई फेसबुक तथा इन्स्टाग्रामको प्रयोगमा आकर्षित गरी निर्भर बनाएको आरोपसम्बन्धी मुद्दाको सुनुवाइ अमेरिकामा सुरु भएको छ । क्यालिफोर्नियाको ओकल्यान्डस्थित अदालतमा मंगलबारबाट सुरु भएको सुनुवाइ आगामी करिब ६ हप्तासम्म चल्नेछ। अमेरिकाका २९ राज्यले सन् २०२३ मा मेटाविरुद्ध दायर गरेको मुद्दामा बालबालिकाको गोपनीयतासम्बन्धी संघीय तथा राज्यस्तरीय कानुन उल्लंघन गरेको आरोप लगाइएको छ।

    images
    images

    मुद्दामा संलग्न राज्यका वकिलहरूले मेटाले १३ वर्षमुनिका बालबालिकालाई आफ्ना प्लेटफर्मबाट रोक्न पर्याप्त प्रयास नगरेको मात्र नभई किशोर तथा बालबालिकालाई लामो समयसम्म फेसबुक र इन्स्टाग्राममा राख्ने उद्देश्यले प्लेटफर्मका सुविधा विकास गरेको दाबी गरेका छन् । क्यालिफोर्नियाका तर्फबाट बहस गर्दै प्रमुख वकिल मेगन ओ’निलले मेटाको आन्तरिक अध्ययन उद्धृत गर्दै इन्स्टाग्राममा ११ र १२ वर्ष उमेरका ‘लाखौँ’ बालबालिका रहेको कम्पनीलाई थाहा हुँदाहुँदै पनि उनीहरूलाई प्लेटफर्मबाट हटाउन प्रभावकारी कदम नचालेको दाबी गरिन् ।तर मेटाका प्रमुख कानुनी प्रतिनिधि पल स्मिटले उक्त दाबी अस्वीकार गर्दै कम्पनीको अध्ययनमा त्यस्ता प्रयोगकर्ता एक लाखभन्दा केही बढी मात्र भेटिएको बताए। उनले सामाजिक सञ्जालको ‘लत’ नै वैज्ञानिक रूपमा स्थापित नभएको जिकिरसमेत गरे।

    किशोरको मानसिक स्वास्थ्यबारे दुईथरी दाबी

    images
    images

    मुद्दाको प्रारम्भिक बहसमा किशोरकिशोरीको मानसिक स्वास्थ्यमा सामाजिक सञ्जालले पार्ने प्रभावलाई लिएर पनि दुवै पक्षबीच तीव्र मतभेद देखिएको छ। ओ’निलले मेटालाई आफ्ना प्लेटफर्मले किशोरकिशोरीको मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने जानकारी हुँदाहुँदै पनि त्यसलाई पर्याप्त रूपमा सम्बोधन नगरेको आरोप लगाइन्।उनले मेटाका लाखौँ आन्तरिक दस्तावेज, कर्मचारीका इमेल, च्याट तथा अनुसन्धान प्रतिवेदनलाई प्रमाणका रूपमा प्रस्तुत गर्दै कम्पनीको आन्तरिक अनुसन्धान र सार्वजनिक दाबीबीच ठूलो अन्तर रहेको बताइन्। उनले अदालतमा प्रस्तुत गरेको एउटा आन्तरिक अनुसन्धानमा इन्स्टाग्राम प्रयोग गर्ने किशोरकिशोरीको अनुभवबारे नकारात्मक प्रभाव उल्लेख गरिएको थियो। अर्को अनुसन्धानमा प्रयोगकर्ताले प्लेटफर्ममा बिताउने समय बढाउने उद्देश्यले बनाइएका केही सुविधाहरू प्रयोगकर्ताको समग्र हित र ध्यान केन्द्रित गर्ने क्षमतासँग बाझिने उल्लेख रहेको उनले बताइन्।

    ओ’निलका अनुसार मेटाले आफ्ना प्लेटफर्म बालबालिकाका लागि सुरक्षित रहेको सार्वजनिक रूपमा दाबी गरे पनि कम्पनीका आन्तरिक दस्तावेजले फरक अवस्था देखाउँछन् । उनले मेटाको व्यावसायिक रणनीतिलाई प्रयोगकर्तालाई आकर्षित गर्ने, सकेसम्म लामो समय प्लेटफर्ममा टिकाइराख्ने, उनीहरूको तथ्यांकबाट व्यावसायिक लाभ लिने र जोखिमसम्बन्धी वास्तविकता सार्वजनिक रूपमा लुकाउने प्रयासका रूपमा चित्रण गरिन् ।

    मेटामाथि ठूलो आर्थिक दबाब

    क्यालिफोर्नियासहित २९ अमेरिकी राज्यले दायर गरेको मुद्दामा मेटाबाट अर्बौँ डलर क्षतिपूर्ति माग गरिएको छ। साथै, फेसबुक र इन्स्टाग्राममा बालबालिका तथा किशोरकिशोरीको प्रयोगलाई सुरक्षित बनाउन प्लेटफर्मका संरचनात्मक विशेषता परिवर्तन गर्न पनि राज्यहरूले माग गरेका छन्।राज्यहरूले ‘लाइक’को संख्या देखाउने व्यवस्था हटाउने र प्रयोगकर्ताले अनन्तसम्म सामग्री स्क्रोल गर्न सक्ने ‘इन्फिनिट स्क्रोल’ जस्ता सुविधामा परिवर्तन गर्नुपर्ने मागसमेत अघि सारेका छन्।सुनुवाइको सुरुवातमै दुवै पक्षले आ–आफ्ना दाबीका पक्षमा कम्पनीका आन्तरिक अनुसन्धान र तथ्यांक प्रस्तुत गरेका छन्। अब आगामी हप्ताहरूमा मेटाका आन्तरिक दस्तावेज, कर्मचारीका सञ्चार सामग्री र कम्पनीका नीतिहरूको विस्तृत परीक्षण हुनेछ।

    राज्य पक्षले सार्वजनिक रूपमा मेटाले बालबालिकाको सुरक्षालाई नाफाभन्दा माथि राखेको दाबी गरे पनि निर्णय गर्ने क्रममा कम्पनीले बारम्बार नाफालाई प्राथमिकता दिएको प्रमाणित हुने दाबी गरेको छ। मेटाले भने सामाजिक सञ्जाल प्रयोगसँग जोडिएका जोखिमलाई स्वीकार गर्दै त्यसलाई न्यूनीकरण गर्न आफूले निरन्तर काम गरिरहेको बताउँदै आरोपहरूको प्रतिवाद गरिरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend