images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्कीको...

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्कीको पदबहाली

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्कीको पदबहाली

images
images
शुक्रवार, भाद्र ५ २०८३
शुक्रवार, भाद्र ५ २०८३
  • काठमाडौँ । नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले शुक्रबार पदबहाली गरेका छन्। नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३ गते बसेको बैठकले उनलाई कोषको कार्यकारी निर्देशक पदमा नियुक्त गरेको हो।

    images
    images

    पदबहालीका क्रममा बोल्दै उनले सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रूपमा सञ्चालन गर्न कोषले गर्दै आएका कार्यहरूलाई अझ चुस्त र पारदर्शी रूपमा अघि बढाउने बताए। कोषमा रहेको ठुलो रकमलाई सरकारका प्राथमिकतामा रहेका परियोजना र उत्पादनशील क्षेत्रमा परिचालन गरी मुलुकको आर्थिक विकासमा योगदान पुर्याउन विशेष जिम्मेवारीका साथ काम गर्नुपर्नेमा उनले जोड दिएका छन्।यसअघि पनि कोषको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेकाले आफू कोषको विषयमा राम्रोसँग जानकार रहेको उनले उल्लेख गरे। आगामी दिनमा कोषलाई थप प्रभावकारी रूपमा अघि बढाउन आफू प्रतिबद्ध रहेकोसमेत उनले स्पष्ट पारेका छन्।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend