images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • बाढीको वितण्डा : नदी किनारमा नजान...

बाढीको वितण्डा : नदी किनारमा नजान महाशाखाको अपिल

बाढीको वितण्डा : नदी किनारमा नजान महाशाखाको अपिल

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ । रसुवागढीबाट आएको बाढी मलेखु आइपुगेको छ। बाढीले फुक्रेखोलामा रहेको जलमापन केन्द्र र त्यहाँको झोलुङ्गे पुलसमेत बगाएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।‘करिब ११ बजेर ५० मिनेटतिर रसुवागढीको बाढी मलेखु आइपुगेको छ,’ बाढी पूर्वानुमान महाशाखाका हाइड्रोलोजिस्ट सौरभध्वज जोशीले भने, ‘फुक्रेखोलामा रहेको हाम्रो स्टेसनले १०.८ मिटर मापन गरे लगत्तै उक्त स्टेसन र झोलुङ्गे पुलसमेत बाढीले बगाएको अवस्था छ।’ उनले बाढी तल्लो तटीय क्षेत्रतर्फ अघि बढिरहेको जानकारी दिए।

    images
    images

    मलेखुबाट करिब ४० किलोमिटर तल रहेको कालीखोलामा बाढी पुग्न डेढदेखि दुई घण्टा लाग्ने अनुमान गरिएको छ। ‘कालीखोला नजिक अबको केही समयमै बाढी आइपुग्ने देखिन्छ,’  जोशीले थपे, ‘त्यसको ३० किलोमिटर तल रहेको देवघाटमा बाढी पुग्न कालीखोलाबाट थप डेढदेखि दुई घण्टा लाग्नेछ। ’ माथिल्लो क्षेत्रमा बाढीको मापन केही कम देखिए पनि तल्लो तटीय क्षेत्रमा पुग्दा यसले गर्ने क्षतिको सम्भावना उत्तिकै रहेको उनले स्पष्ट पारे।बिहानदेखि रहेको बाढीको जोखिम अझै कम नभएको महाशाखाले जनाएको छ। नदी छेउछाउ र आसपासमा रहेका सम्पूर्ण नागरिकलाई बिहानकै जस्तो उच्च सतर्कतामा रहन र तत्काल नदी किनारमा नजान महाशाखाले अपिल गरेको छ। आगामी एक घण्टाभित्र कालीखोलामा बाढीको अवस्था कस्तो रहन्छ भनेर महाशाखाले पुनः एसएमएसमार्फत जानकारी दिने तयारी गरेको छ।

    विपद् व्यवस्थापन र उद्धारमा खटिने सम्पूर्ण सरोकारवाला निकायहरू बिहानैदेखि तयारी अवस्थामा रहेर काम गरिरहेका छन्। बाढीको पूर्वअनुमान तथा आफ्नो क्षेत्रमा बाढी कहिले आइपुग्छ भन्ने जानकारी लिन ११५५ को २ नम्बर विकल्पमा फोन गरेर बुझ्न सकिनेछ। यसैगरी विपद् र क्षतिसम्बन्धी जानकारीका लागि १२३४ मा सम्पर्क गर्न सकिने महाशाखाले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend