images

२०८३ आश्विन २ गते

images
images
images
  • स्वास्थ्य
  • रसुवा बाढी: वीर अस्पतालमा घाइतेको निःशुल्क...

रसुवा बाढी: वीर अस्पतालमा घाइतेको निःशुल्क उपचार, २७ बेड तयारी अवस्थामा

रसुवा बाढी: वीर अस्पतालमा घाइतेको निःशुल्क उपचार, २७ बेड तयारी अवस्थामा

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • काठमाडौँ । वीर अस्पतालमा रसुवामा आएको बाढीबाट प्रभावितहरूको उपचार निःशुल्क हुने भएको छ । बाढीबाट हुनसक्ने घाइतेको उपचारका लागि आफूहरू तयारी अवस्थामा रहेको वीर अस्पतालले जनाएको छ ।अस्पतालका निर्देशक डा.विकास नेपालले गम्भीर प्रकृतिका घाइतेका लागि २७ ओटा बेड खाली गराएको जानकारी दिए । उनले यस्तै इमरजेन्सी ओटी खाली गराइएको छ । नेपालले आकस्मिक सेवा, आईसीयू, भेन्टिलेटर, औषधि व्यवस्थापन तयारी अवस्थामा राखिएको बताए । उनले भने, हामीले पूर्ण तयारी गरेका छौँ । इमरजेन्सी गेट अगाडी २५/३० जना प्रहरीहरू खटिनुभएको छ । ’ नेपालले गम्भीर प्रकृतिका घाइतेलाई ‘रेड’ क्षेत्रमा, हिँडडुल गर्न सक्ने सामान्य अवस्थाका बिरामीलाई ‘ग्रिन’ क्षेत्रमा उपचार गरिनेछ । 

    images
    images

    उनले भने– ‘अस्पतालमा ट्रायाजको व्यवस्था छ । बिरामीको अवस्था हेरेर ग्रिन, यलो र रेड क्षेत्रमा पठाइन्छ । गम्भीर बिरामीका लागि २७ वटा बेड तयारी अवस्थामा राखेका छौँ ।’ उनले भेन्टिलेटरसहित आइसीयूका ११ वटा बेड तयारी अवस्थामा राखिएको बताए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend