images

२०८३ आश्विन २ गते

images
images
images

गड्डाचौकीबाट विदेशी पर्यटक बढे, सुदूरपश्चिममा बसाइ लम्ब्याउन चुनौती

गड्डाचौकीबाट विदेशी पर्यटक बढे, सुदूरपश्चिममा बसाइ लम्ब्याउन चुनौती

images
images
बुधवार, भाद्र १० २०८३
बुधवार, भाद्र १० २०८३
  • कञ्चनपुर । गड्डाचौकी नाकाबाट नेपाल प्रवेश गर्ने विदेशी पर्यटकको संख्या पछिल्ला वर्षमा निरन्तर बढ्दै गएको छ। तर पश्चिमी नाका हुँदै नेपाल भित्रिएका पर्यटकलाई सुदूरपश्चिमका पर्यटकीय गन्तव्यमा केही समय रोक्न भने नसकिएको पर्यटन व्यवसायीको गुनासो छ।अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार गत आर्थिक वर्षमा यो नाका हुँदै १ हजार ७५३ विदेशी पर्यटक नेपाल प्रवेश गरेका छन्। सोही अवधिमा १ हजार ५३४ पर्यटक यही नाकाबाट बाहिरिएका छन्। पर्यटकबाट कार्यालयले १ करोड ५ लाख १८ हजार ११९ रुपैयाँ राजस्व संकलन गरेको छ।पछिल्ला वर्षको तथ्यांकले पनि गड्डाचौकीबाट विदेशी पर्यटकको आवागमन बढिरहेको देखाउँछ। सन् २०२२ मा ५४२ जना विदेशी पर्यटक नेपाल प्रवेश गरेकामा २०२३ मा यो संख्या बढेर ९८३ पुगेको थियो। सन् २०२४ मा १ हजार १५४ विदेशी पर्यटकले गड्डाचौकी हुँदै नेपाल प्रवेश गरेका थिए।

    images
    images

    पर्यटकको संख्या बढे पनि त्यसको प्रत्यक्ष लाभ सुदूरपश्चिमले लिन सकेको छैन। गड्डाचौकीबाट नेपाल प्रवेश गर्ने अधिकांश विदेशी पर्यटक काठमाडौँ, पोखरा लगायतका प्रमुख पर्यटकीय सहरतर्फ जाने गरेको स्थानीय व्यवसायी बताउँछन्।सुदूरपश्चिममा खप्तड, बडिमालिका, रामारोशन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जजस्ता आकर्षक गन्तव्य छन्। प्राकृतिक सौन्दर्य, धार्मिक तथा साहसिक पर्यटनका दृष्टिले सम्भावना बोकेका यी क्षेत्रमा पर्यटक पुर्‍याउन सके पश्चिमी नाका नै पर्यटन प्रवेशद्वारका रूपमा विकास गर्न सकिने व्यवसायीको भनाइ छ।पर्यटन व्यवसायी जगदीशचन्द्र भट्टका अनुसार गड्डाचौकीमै पर्यटन सूचना डेस्क स्थापना गरेर नेपाल प्रवेश गर्ने पर्यटकलाई सुदूरपश्चिमका गन्तव्यबारे जानकारी दिन आवश्यक छ। उनका अनुसार सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य गरी नाकाबाटै पर्यटन प्रवर्द्धनको अभियान सञ्चालन गर्नुपर्छ।

    कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले पर्यटकलाई सुदूरपश्चिममा कम्तीमा एक रात भए पनि बस्ने वातावरण बनाउनुपर्ने बताए। उनका अनुसार पर्यटकीय गन्तव्यसम्म पुग्ने सडक, आवास, सूचना तथा अन्य आधारभूत सुविधा कमजोर हुँदा पर्यटक यहाँ नरोकिने अवस्था छ।गड्डाचौकीबाट पर्यटकको आवागमन बढिरहे पनि उनीहरूको बसाइँ र खर्च सुदूरपश्चिममा बढाउन नसकिएसम्म त्यसको आर्थिक लाभ सीमित रहनेछ। त्यसैले नाकामा सूचना केन्द्र स्थापना, गन्तव्यको प्रभावकारी प्रचार, पहुँचमार्ग सुधार र गुणस्तरीय पर्यटकीय सेवाको विस्तारलाई प्राथमिकता दिनुपर्ने देखिन्छ।पश्चिमी नाकाबाट विदेशी पर्यटकको संख्या बढ्नु सुदूरपश्चिमका लागि असर भए पनि उनीहरूलाई प्रदेशका गन्तव्यसम्म पुर्‍याएर बसाइ लम्ब्याउनु अबको मुख्य चुनौती बनेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend