images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • एनसेलले बाढीपीडितका लागि १ करोड सहयोग...

एनसेलले बाढीपीडितका लागि १ करोड सहयोग र तीन दिन निःशुल्क सेवा दिने

एनसेलले बाढीपीडितका लागि १ करोड सहयोग र तीन दिन निःशुल्क सेवा दिने

images
images
बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ । एनसेलले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूको उद्धार, राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका क्षेत्रमा ठूलो क्षति पुगेको छ। आपतकालीन अवस्थामा सरकारको आह्वानलाई साथ दिँदै एनसेलले यो सहयोग घोषणा गरेको हो। दुःखद् घडीमा कम्पनीले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडित परिवारजनमा समवेदना व्यक्त गरेको छ र बेपत्ताहरूको शीघ्र खोजीको कामना गरेको छ।

    images
    images

    साथै, प्रभावित क्षेत्रका बासिन्दालाई सञ्चारसम्बन्धी राहत दिन एनसेलले आफ्ना प्रयोगकर्ताहरूका लागि विशेष सुविधा ल्याएको छ। बाढी प्रभावित क्षेत्रका ग्राहकलाई तीन दिनसम्म निःशुल्क भ्वाइस कल, डेटा सेवा र १०० वटा एसएमएस उपलब्ध गराइएको कम्पनीले जनाएको छ।एनसेलकी कर्पोरेट कम्युनिकेसन, मार्केटिङ तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन्, ‘विपद्को यस कठिन घडीमा प्रभावित जनताहरुको साथमा उभिनु हामी सबैको साझा जिम्मेवारी हो। उद्धार, राहत र पुनःस्थापनाका प्रयासमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग पुर्‍याउने उद्देश्यले रु. १ करोड सहयोग गर्ने निर्णय गरेका हौं । यस विषम परिस्थितिमा हामी प्रभावित परिवार तथा समुदायसँगै रहेको जानकारी गराउन चाहन्छौं।’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend