images

२०८३ आश्विन २ गते

images
images
images
  • उर्जा
  • बाढी प्रभावित क्षेत्रमा ५०० सौर्य ऊर्जा...

बाढी प्रभावित क्षेत्रमा ५०० सौर्य ऊर्जा सञ्चय उपकरण पठाइँदै

बाढी प्रभावित क्षेत्रमा ५०० सौर्य ऊर्जा सञ्चय उपकरण पठाइँदै

images
images
बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा वैकल्पिक ऊर्जाको व्यवस्था गर्न ५०० वटा सौर्य शक्ति सञ्चय उपकरण पठाउने तयारी गरेको छ ।बाढीका कारण विद्युत् आपूर्ति प्रभावित भएपछि ऊर्जा मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा प्रभावित क्षेत्रमा आजै ती उपकरण पठाउने तयारी गरेको ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले जानकारी दिनुभयो ।

    images
    images

    बाढीबाट १२ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । त्रिशूलीस्थित २२० केभी–३ ‘बी’ हब उपकेन्द्र पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने छ वटा प्रसारण लाइन अवरुद्ध भएका छन् ।जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा भएको क्षतिका कारण देशको कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत अर्थात् ४३१ दशमलव १ मेगावाट विद्युत् उत्पादन बन्द भएको मन्त्रालयले जनाएको छ ।

    बाढीपछि प्रभावित क्षेत्रमा विद्युत् आपूर्तिको अवस्था सामान्य बनाउन मन्त्रालयले आवश्यक समन्वय तथा प्राविधिक कामलाई तीव्रता दिएको छ ।यसैबीच, सिन्धुपाल्चोकको समुद्रटारस्थित चौघोडा तथा धादिङबेँसी उपकेन्द्रमार्फत प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति सञ्चालन गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ ।मन्त्रालयले क्षतिग्रस्त संरचनाको अवस्था मूल्याङ्कन गर्दै सम्भव भएका स्थानमा वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति सञ्चालन गर्ने तथा नियमित सेवा पुनःस्थापनालाई प्राथमिकतामा राखेको जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend