images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • बाढी उद्धारमा जथाभावी हेलिकप्टर उडान रोकियो,...

बाढी उद्धारमा जथाभावी हेलिकप्टर उडान रोकियो, सरकारी संयन्त्रमार्फत मात्रै सञ्चालन

बाढी उद्धारमा जथाभावी हेलिकप्टर उडान रोकियो, सरकारी संयन्त्रमार्फत मात्रै सञ्चालन

images
images
बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ । सरकारले रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा प्रयोग भइरहेका निजी हेलिकप्टरलाई सरकारी समन्वयमा मात्रै सञ्चालन गरेको छ । आफ्नै हिसाबले सञ्चालन हुँदा उक्त क्षेत्रमा हवाई ट्राफिक बढेर दुर्घटनाको जोखिम हुने भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा, नुवाकोट, गोरखा, धादिङ र चितवनका जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै हेलिकप्टरबाट खोज तथा उद्धार गर्नुपर्ने अवस्थामा जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गरी व्यवस्थित ढङ्गले कार्य अघि बढाउन भनेको हो । 

    images
    images

    सेनाको हेलिकप्टर उडाउनुपर्ने अवस्था आएमा समितिले सम्बन्धित जिल्लाको नेपाली सेनाको टोलीसँग समन्वय गर्नुपर्ने तथा निजी हेलिकप्टर आवश्यक परेको खण्डमा प्राधिकरणले तोकेका सम्पर्क व्यक्तिहरूसँग सम्पर्क गरी तुरुन्त उद्धारको व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।निजी हेलिकप्टर व्यवस्थापनका लागि प्राधिकरणले हेली एभरेस्टका सचित अर्याल,अल्टिच्यूड एयरका मिङ्मा शेर्पा र एयर डाइनेष्टीका बालकृष्ण पण्डितलाई सम्पर्क व्यक्ति तोकेको छ । जथाभाबी उडान गर्दा हुनसक्ने सम्भावित हेलिकप्टर दुर्घटना र अन्य प्राविधिक समस्याहरूलाई मध्यनजर गर्दै यो निर्णय लिइएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend