images

२०८३ आश्विन २ गते

images
images
images
  • स्वास्थ्य
  • विपद् स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालयले...

विपद् स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालयले तोक्यो फोकल पर्सन

विपद् स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालयले तोक्यो फोकल पर्सन

images
images
बिहिवार, भाद्र ११ २०८३
बिहिवार, भाद्र ११ २०८३
  • काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यलाई थप प्रभावकारी, व्यवस्थित र समन्वयात्मक बनाउन विषयगत क्षेत्रका लागि फोकल पर्सन तोकेको छ । मन्त्रालयका अनुसार स्वास्थ्य आपतकालीन अवस्थाको समग्र समन्वयका लागि स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र एचईओसीका प्रमुख डा.हेमन्तचन्द्र ओझा (९८४९३६१५९३), आपतकालीन मेडिकल टोली तथा मानव स्रोत परिचालनका लागि एचईओसीसँगको समन्वयमा डा.रोशन न्यौपाने (९८५७६४०६२५) तोकिएका छन् ।त्यस्तै, प्रदेशस्तरीय समन्वयका लागि स्वास्थ्य सेवा विभागबाट डा.फणीन्द्र प्रसाद बराल (९८४१२४०५८७) र मन्त्रालयबाट डा.समीर कुमार अधिकारी (९८५१०५४६९९) तोकिएका छन् । घटनास्थलमा सङ्घीय टोली परिचालनका लागि रसुवामा डा.प्रकाश ज्ञवाली (९८४१२५८२३३) र शङ्कर कँडेल (९८५१२०४१८१) तथा नुवाकोटमा डा.प्रशान्त नापित (९८४९०८६२७१) र प्रवीण कार्की (९८६०१२८२४७) लाई जिम्मेवारी तोकिएको मन्त्रालयले जनाएको छ । 

    images
    images

    यसबाहेक मन्त्रालयले सम्भावित महामारीको जोखिम न्यूनीकरण, पूर्वतयारी, निगरानी तथा आवश्यक प्रतिकार्यका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. अमृत पोखरेल (९८४१०४३७३३) लाई फोकल पर्सन तोकेको छ । यसै क्रममा,विपद्को समयमा सर्वसाधारण,स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबिच आवश्यक सहयोग तथा समन्वयलाई थप सहज बनाउन मन्त्रालयले ‘विपद् स्वास्थ्य सहयोग समन्वय’ प्रणाली सञ्चालनमा ल्याएको छ ।प्रणालीमार्फत उपचार,औषधि वा अन्य स्वास्थ्य सहयोगका लागि अनुरोध गर्न,स्वास्थ्यकर्मीले स्वयंसेवाका लागि विवरण दर्ता गर्न तथा स्वास्थ्य संस्थाले मेडिकल टिम,औषधि वा उपकरण सहयोगको प्रस्ताव राख्न मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले औषधि तथा स्वास्थ्य सामग्री सहयोग गर्न चाहने व्यक्ति तथा निकायले तत्काल औषधिहरू सहयोग गर्न सक्ने र ती औषधिहरूको नाम सार्वजनिक गरेको छ ।

    ff

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend