तुलसीपुर (दाङ), १२ भदौ । लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य भएको छ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको अधिवेशन अन्त्य गरेका छन् ।
नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताएका छन् ।
प्रदेशसभाको आठौँ अधिवेशन गत वैशाख १७ गतेदेखि सुरु भएको थियो।




.gif)





