images

२०८३ आश्विन २ गते

images
images
images

पलाञ्चोक भगवतीमा क्षमा पूजा

पलाञ्चोक भगवतीमा क्षमा पूजा

images
images
शुक्रवार, भाद्र १२ २०८३
शुक्रवार, भाद्र १२ २०८३
  • बनेपा, १२  (काभ्रे) । पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको छ । केही दिनअघि साँझको आरतीका क्रममा मूर्तिमा पसिना देखिएपछि क्षमा पूजा गरिएको वडाध्यक्ष रामकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
      
    पलाञ्चोक भगवती प्रसिद्ध शक्तिपीठ हुन् । यो मन्दिर पाँचखाल नगरपालिका–९ मा पर्छ । मन्दिरमा मूर्तिलाई स्नान गराई तान्त्रिक विधिअनुसार विशेष पूजाआजा तथा क्षमाप्रार्थना गरिएको हो । 

    images
    images

    स्थानीय धार्मिक मान्यता तथा जनश्रुतिअनुसार पलाञ्चोक भगवतीको मूर्तिमा पसिना आउनुलाई कुनै दैवी विपत्ति वा राजनीतिक सङ्कटको सङ्केतका रूपमा लिने गरिन्छ ।

    स्थानीयका अनुसार २०७२ सालको भूकम्प, २०८१ सालको बाढीपहिरो तथा २०५८ सालको दरबार हत्याकाण्ड लगायतका घटनामा यस्तै सङ्केत देखिएको स्थानीयवासीले बताएका छन् । 

    images
    images

    गत १० गते सुनकोसीमा आएको बाढीलाई स्थानीयले सोही दृष्टिले हेरेका छन् । क्षमा पूजामा पुजारीबाट गुप्त पूजा गरिएको थियो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend