काठमाडौँ । बाढी र पहिरोले पुर्याएको ठूलो जनधनको क्षतिका बीच भारतले उद्धार र राहतका लागि अत्याधुनिक उपकरण र विशेषज्ञ टोली पठाएको छ। बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङहरूमा धेरै मानिस बेपत्ता भएकाले भारतले 'टनेल टेक्निकल कन्टिन्जेन्ट' (सुरुङ प्राविधिक दस्ता) पठाएको हाे । यस टोलीसँग सुरुङभित्र खोज र उद्धारका लागि आवश्यक विशेष उपकरणहरू रहेकाे भारतका विदेशमन्त्री एस. जय शंकरले जानकारी दिए ।
यसैगरी, ठूलो संख्यामा फेला परेका शवहरूको पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले भारतले डीएनए विश्लेषण (DNA Analysis) गर्ने फोरेन्सिक विशेषज्ञहरूको टोली र उपकरण समेत पठाएको छ। नेपालमा हालसम्म ७३४ शव फेला परेको र धेरैको पहिचान खुल्न बाँकी रहेको अवस्थामा यो टोलीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएकाे छ । राजमार्गका पुलहरू ध्वस्त भएर आवागमन अवरुद्ध भएका बेला भारतले ठूलो सहयोग उपलब्ध गराएको छ । २३० फिट लामो 'सिंगल लेन मोडलर स्टिल ब्रिज' (Modular Steel Bridge) बोकेका १६ वटा ट्रक नेपाल आइपुगेका छन्।थप ७ वटा बेली ब्रिज (Bailey Bridges) स्थापनाका लागि आवश्यक उपकरणहरू चाँडै पठाइने बताइएकाे छ ।
The 4th flight from 🇮🇳 with 11 tonne assistance is now airborne. The @IAF_MCC C-130 aircraft is carrying:
— Dr. S. Jaishankar (@DrSJaishankar) August 29, 2026
➡️ A Tunnel technical contingent along with equipment for search & rescue operations.
➡️ A team of Forensics experts for DNA analysis along with Forensic equipment.
➡️… pic.twitter.com/XmUJQQ1muJ




.gif)





