images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • साउनमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह घट्यो,...

साउनमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह घट्यो, २० बैंकको कर्जा १ अर्ब ७१ करोडले खुम्चियो

साउनमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह घट्यो, २० बैंकको कर्जा १ अर्ब ७१ करोडले खुम्चियो

images
images
आइतवार, भाद्र १४ २०८३
आइतवार, भाद्र १४ २०८३
  • काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो महिना साउनमा वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाहमा सामान्य गिरावट आएको छ। असार मसान्तको तुलनामा साउन मसान्तसम्म २० वटा वाणिज्य बैंकहरूको कुल कर्जा प्रवाह १ अर्ब ७१ करोड रुपैयाँले घटेर ५२ खर्ब ८७ अर्ब ९७ करोड रुपैयाँमा सीमित भएको छ।अघिल्लो महिना ५२ खर्ब ८९ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो।एक महिनाको अवधिमा बैंकहरूको कुल कर्जा प्रवाह ०.०३ प्रतिशतले खुम्चिएको देखिन्छ।

    images
    images

    समीक्षा अवधिमा सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये आधा अर्थात् १० बैंकको कर्जा प्रवाह बढेको छ भने बाँकी १० बैंकको घटेको छ। कर्जा विस्तार गर्ने बैंकहरूको अग्रपङ्क्तिमा नबिल बैंक रहेको छ। जसले साउन महिनामा ३ अर्ब १६ करोड रुपैयाँले कर्जा बढाउँदै आफ्नो कुल कर्जा ४ खर्ब ९१ अर्ब १४ करोड रुपैयाँ पुर्याएको छ (असार मसान्तमा यो ४ खर्ब ८७ अर्ब ९८ करोड रुपैयाँ थियो)।  त्यसैगरी, कर्जा प्रवाह बढाउने बैंकहरूको सूचीमा ग्लोबल आईएमई बैंक दोस्रो स्थानमा छ।  बैंकको कर्जा एक महिनाको अवधिमा ३ अर्ब ८२ करोड रुपैयाँले बढेर ४ खर्ब ८० अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। जुन असार मसान्तमा ४ खर्ब ७६ अर्ब ८४ करोड रुपैयाँ थियो।

    bank

    images
    images

    समीक्षा अवधिमा एनआईएमबी बैंकको कर्जा प्रवाह २ अर्ब ३९ करोड रुपैयाँले बढेर असार मसान्तको ३ खर्ब ६० अर्ब ३२ करोडबाट साउन मसान्तमा ३ खर्ब ६२ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ। साउन महिनामा लक्ष्मी सनराइज बैंकले सबैभन्दा धेरै कर्जा विस्तार गरेको छ।जसको कर्जा प्रवाह १.९० प्रतिशत अर्थात् ६ अर्ब १० करोड रुपैयाँले बढेर ३ खर्ब २६ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ (असारमा यो ३ खर्ब २० अर्ब ४६ करोड थियो)। त्यसैगरी, एभरेस्ट बैंकको कर्जा ५ अर्ब २३ करोड रुपैयाँले बढेर २ खर्ब ५२ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको कर्जा ५१ करोड रुपैयाँ (०.७२ प्रतिशत) ले बढेर ७१ अर्ब ३३ करोड रुपैयाँ कायम भएको छ। कर्जा खुम्चिने बैंकहरूमध्ये एनआईसी एसिया बैंकमा सबैभन्दा ठूलो गिरावट देखिएको छ ।  बैंकको कर्जा एक महिनामा २.९७ प्रतिशत अर्थात् ६ अर्ब २८ करोड रुपैयाँले घटेर २ खर्ब ४ अर्ब ८५ करोड रुपैयाँमा सीमित भएको छ। जुन असार मसान्तमा २ खर्ब ११ अर्ब १३ करोड रुपैयाँ थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend