images

२०८३ आश्विन २ गते

images
images
images

मालवस्तु कन्टेनर कोरला नाकातर्फ ‘डाइभर्ट’

मालवस्तु कन्टेनर कोरला नाकातर्फ ‘डाइभर्ट’

images
images
सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • मुस्ताङ । रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरला नाकातर्फ ‘डाइभर्ट’ हुन थालेका छन् ।नेपाल–चीनबीचको रसुवागढी—केरुङ नाका विनाशकारी बाढीका कारण पूर्ण रूपमा क्षति भएको छ । योसँगै कोरला नाकामार्फत मालवस्तु र कन्टेनर आउन थालेका हुन् ।

    images
    images

    मुस्ताङको जोमसोमस्थित सशस्त्र प्रहरीको चेकपोस्टबाट आइतबार (भदौ १४) साँझ ६६ मालवाहक कन्टेनरको विवरण संकलन गरिएको छ । सशस्त्र प्रहरीको जोमसोम चेकपोस्टले कोरला नाकातर्फ मालवस्तु पैठारी गर्ने कन्टेनरको संख्या वृद्धि भइरहेको जनाएको छ ।कोरलाकालाई वैकल्पिक नाकाका रूपमा सरकारले सञ्चालनमा ल्याएपछि त्यहाँस्थित मुस्ताङ भन्सार कार्यालयले आर्थिक वर्ष २०८२ /०८३ मा ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । चालु आवको पहिलो साउन महिनामा २९ करोड राजस्व संकलन गरेको थियो ।मुस्ताङ भन्सार कार्यालयमा हाल १८ जनाको दरबन्दी छ । तर, १२ मात्र कर्मचारी कार्यरत रहेका मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend