images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल...

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा १५ करोडको राहत–पुनर्स्थापना कार्यक्रम

बाढीपीडितका लागि चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा १५ करोडको राहत–पुनर्स्थापना कार्यक्रम

images
images
सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • काठमाडौँ । चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवा तथा नुवाकोटका बाढी प्रभावित समुदायका लागि करिब १५ करोड रुपैयाँ बराबरको बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा गरेका छन् । हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै प्रभावित क्षेत्रमा पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले उक्त सहयोग घोषणा गरिएको हो ।कार्यक्रमअन्तर्गत प्रभावित परिवारलाई खाना, स्वच्छ खानेपानी, तयारी खाद्य सामग्री, लत्ताकपडा, त्रिपाल तथा व्यक्तिगत सरसफाइ सामग्रीलगायत अत्यावश्यक सामग्री वितरण सुरु गरिएको छ । रसुवा र नुवाकोटमा एक–एक राहत शिविर सञ्चालन गरी प्रभावित नागरिकलाई खाना, स्वच्छ खानेपानी तथा सरसफाइ सुविधा उपलब्ध गराउने योजना अघि सारिएको छ । शिविरमा बालबालिकाका लागि सुरक्षित स्थानको व्यवस्थासमेत गरिने जनाइएको छ ।

    images
    images

    विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति भएका क्षेत्रमा तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापनालाई समेत प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाइने चौधरी फाउन्डेसन र नबिल बैंकले जनाएको छ ।यसैबीच, उद्योगपति डा. वरुण चौधरीले बाढीपछि भारतबाट प्राप्त राहत, उद्धार तथा प्राविधिक सहयोगप्रति आभार व्यक्त गरेका छन् ।सीजी कर्प ग्लोबल तथा चौधरी ग्रुपका प्रबन्ध निर्देशक चौधरीले भिडियो सन्देशमार्फत विपद्को कठिन घडीमा भारतले देखाएको सहयोगले नेपाल–भारतबीचको गहिरो मित्रतालाई पुनः उजागर गरेको बताएका छन् ।

    भारतले भदौ १४ सम्म चारवटा हवाई उडानमार्फत नेपालमा ६८.५ टन राहत तथा प्राविधिक सामग्री पठाएको छ । ती सामग्रीमा औषधि, तयारी खाद्य सामग्री, पोर्टेबल जेनेरेटर, पानी शुद्धीकरण ट्याब्लेट, कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट, सरसफाइ सामग्री तथा खोज तथा उद्धार उपकरण छन् ।बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि भारतले २३० फिट लामो एकलेन मोड्युलर स्टिल पुल निर्माणका सामग्री बोकेका १६ ट्रक नेपाल पठाएको छ । थप सातवटा बेली पुलका सामग्री तथा जडानका लागि प्राविधिक टोली पठाउने तयारीसमेत गरिएको छ ।चौधरीले तत्काल राहत तथा उद्धारपछि नेपालको अर्को ठूलो चुनौती पुनर्निर्माण रहेको बताएका छन् । बाढीका कारण जलविद्युत् आयोजना, विद्यालय, पुल तथा सडकजस्ता महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेकाले पुनर्निर्माणका लागि पनि सहयोग आवश्यक रहेको उनको भनाइ छ ।

    images
    images

    “हाम्रा धेरै पूर्वाधारहरू—हाइड्रोपावर, विद्यालय, पुलहरू र सडकहरू—क्षतिग्रस्त भएका छन् । राहत सामग्रीजस्तै यी पूर्वाधारहरूको पुनर्निर्माणमा पनि हामीले सहयोगको अपेक्षा गरेका छौँ,” चौधरीले भनेका छन् ।विपद्पछिको राहत तथा पुनर्स्थापनामा निजी क्षेत्रबाट सहयोग विस्तार हुँदै गएको छ । चौधरी फाउन्डेसन र नबिल बैंकको यो कार्यक्रमले तत्काल राहतसँगै प्रभावित क्षेत्रको पुनर्स्थापनामा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend