images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा उच्च गिरावट, कारोबार साढे...

सेयर बजारमा उच्च गिरावट, कारोबार साढे ३ अर्ब माथि

सेयर बजारमा उच्च गिरावट, कारोबार साढे ३ अर्ब माथि

images
images
सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • काठमाडौँ। साताको सेयर कारोबार हुने पहिलो दिन नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । गत साता करिब साढे २ प्रतिशतले घटेको बजार आज झण्डै २ प्रतिशतले घटेको हो । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक ४३.८९ अंकले घटेर २५१३.४२ विन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबार भन्दा १.७१ प्रतिशतले कम हो । आज सेयर बजारमा २५३ कम्पनीको मूल्य घटेको छ भने २१ कम्पनीको मात्रै बढेको छ । आज ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

    images
    images

    त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि ६.६८ अंकले घटेर ४४४.२४ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको मात्रै बढेको छ ।परिसूचक उच्च अंकले घटेको दिन सेयर बजारमा साढे ३ अर्ब माथिको कारोबार भएको छ । आज ३४७ कम्पनीका ९३ लाख ८ हजार २२५ कित्ता सेयर ६८ हजार १५ पटक खरिद बिक्री हुँदा ३ अर्ब ६४ करोड ११ लाख ७ हजार ४३८ रुपैयाँको कारोबार भएको छ । आज एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend