images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • खराब कर्जा असुली सुस्त, वाणिज्य बैंकहरूको...

खराब कर्जा असुली सुस्त, वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४८ अर्ब नाघ्यो

खराब कर्जा असुली सुस्त, वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४८ अर्ब नाघ्यो

images
images
सोमवार, भाद्र १५ २०८३
सोमवार, भाद्र १५ २०८३
  • काठमाडौँ ।खराब कर्जा असुली सुस्त बन्दा वाणिज्य बैंकहरूमा गैरबैंकिङ सम्पत्ति थुप्रिने क्रम बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ (साउन–असार) सम्मको तथ्यांकअनुसार १९ वाणिज्य बैंक (स्ट्यान्डर्ड चार्टर्डबाहेक) मा कुल ४८ अर्ब ८ करोड ७ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति पुगेको छ।अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकहरूमा ४२ अर्ब ७७ करोड २७ लाख रुपैयाँ बराबर मात्रै यस्तो सम्पत्ति रहेको थियो। यस आधारमा अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा वाणिज्य बैंकहरूको गैरबैंकिङ सम्पत्ति १२.४१ प्रतिशतले वृद्धि भएको छ।

    images
    images

    समीक्षा अवधिमा वाणिज्य बैंकमध्ये ६ वटाले गैरबैंकिङ सम्पत्ति घटाउन सफल भएका छन् भने १३ वटा बैंकमा यस्तो सम्पत्ति बढेको छ। बढ्नेहरूमध्ये नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको गैरबैंकिङ सम्पत्ति सबैभन्दा उच्च दरले वृद्धि भएको छ। यता, ग्लोबल आइएमई बैंक, एनआईसी एसिया बैंक, नबिल बैंक, कुमारी बैंक, एभरेष्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकले भने आफ्नो गैरबैंकिङ सम्पत्ति घटाएका छन्।

    bank

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend