काठमाडौँ। नेपाली सेना र ट्रमा सेन्टरको टोली बाढी प्रभावित क्षेत्रमा पुगेको छ । रसुवाको गोसाईंकुण्ड–३ लिङलिङ पुगेको टोलीले ५० जनाको उपचार गरेको छ। प्रभावित क्षेत्रमा नेपाली सेनाका क्याप्टेन डा.कुलदिप त्रिपाठीको कमाण्डमा सैन्य टोली र राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सकहरू डा.सरोजकुमार गोहिवार, डा.राजीव खड्का लगायतको टोली उपचारमा खटिएको छ ।
उपचारमा रक्तचाप, हाडजोर्नी दुख्ने, दीर्घ रोगीहरू र अरू विभिन्न किसिमका बिरामीहरू उपचारका लागि आएका थिए । चिकित्सकको टोलीले आफूहरू उपचारमा निरन्तर खटिने प्रतिबद्धता गरे।




.gif)



