images

२०८३ आश्विन २ गते

images
images
images
  • विमा
  • बाढीपीडितको राहतका लागि नेशनल लाइफले दियो...

बाढीपीडितको राहतका लागि नेशनल लाइफले दियो १ करोड ५१ लाख

बाढीपीडितको राहतका लागि नेशनल लाइफले दियो १ करोड ५१ लाख

images
images
मंगलवार, भाद्र १६ २०८३
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौँ । यही भदौं १० गते रसुवा हुँदै आएको बिनाशकारी बाढीपीडितहरुलाई राहत स्वरुप नेशनल लाइफ इन्स्योरेन्सले एक करोड ५१ लाख रूपैयाँ हस्तान्तरण गरेको छ । प्रधानमन्त्री विपद राहत कोषमा जम्मा गर्न नेशलन लाइफ इन्स्योरेन्सले सो रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो । नेशनल लाइफकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंह तथा प्रमुख कार्यकारी अधिकृत सुरेश खत्रीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

    images
    images

    भदौं १० गते नेपालको लाङटाङ हिमालको उत्तरी मोहडाबाट सुरु भएको हिमपहिरोका कारण नेपाल चीनको रसुवा गढी नाका हुँदै रसुवा, नुवाकोट र धादिङ जिल्लालाई प्रभावित पारेको थियो । सबैभन्दा बढि प्रभावित रसुवा र नुवाकोटका सात हजार भन्दा बढि बेपत्ता छ भने आज साँझसम्म ९७५ जनाको शव भेटिएको छ । सरकारले पछिल्लो छ दिनमा हजारौंको उद्धार गरिसकेको छ ।विश्वकै दुर्लभ हिम पहिरोका कारण उत्पन्न भएको प्राकृतिक विपदको समयमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम सरकारी राहत कोषमा हस्तान्तरण गरेर सरकारी अभियानमा सहभागी भएको छ भने अप्ठेरोमा अवस्थामा परेका जनताको साथमा उभिएको सन्देश दिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend