images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • बाढी प्रभावित कम्पनीको सेयर कारोबारमा निगरानी...

बाढी प्रभावित कम्पनीको सेयर कारोबारमा निगरानी बढाउन नेप्सेलाई सेबोनको निर्देशन

बाढी प्रभावित कम्पनीको सेयर कारोबारमा निगरानी बढाउन नेप्सेलाई सेबोनको निर्देशन

images
images
मंगलवार, भाद्र १६ २०८३
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेप्सेलाई निर्देशन दिएर सूचीकृत कम्पनीको अवस्था र कारोबारमा निगरानी गर्न भनेको छ । सेबोनले रसुवा बाढीका कारण जलविद्युत् आयोजनाहरूमा पुगेको क्षतिको यथार्थ विवरण तत्काल सार्वजनिक गर्न नेप्सेलाई निर्देशन दिएको हो । विशेष गरी त्रिशूली र भोटेकोशी नदी प्रणालीमा सञ्चालनमा रहेका तथा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजना र प्रसारण संरचनामा क्षति पुगेको सन्दर्भलाई जोड्दै बोर्डले लगानीकर्ताको हित संरक्षण र बजारको पारदर्शिताका लागि यस्तो कदम चालेको हो । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ८४ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गर्दै बोर्डले प्रभावित कम्पनीहरूको विस्तृत सूची तयार गरी तत्काल जानकारी गराउन नेप्सेलाई पत्राचार गरेको छ ।

    images
    images

    बोर्डले जारी गरेको निर्देशनमा प्रभावित कम्पनीहरूले आफ्नो आयोजनाको नाम, स्थान, विपद्को प्रकृति, र आयोजनामा भएको प्रारम्भिक भौतिक क्षतिको विवरण आधिकारिक माध्यमबाट सार्वजनिक गर्नुपर्ने उल्लेख छ । यसका साथै विद्युत् उत्पादन बन्द भएको वा प्रभावित भएको अवस्था, अनुमानित उत्पादन क्षमतामा आएको ह्रास, मानव संशाधनमा भएको क्षति, र प्रसारण तथा वितरण पूर्वाधारमा परेको प्रभावबारे पनि स्पष्ट पार्न भनिएको छ ।

    लगानीकर्ताहरूलाई सुसूचित गराउनका लागि कम्पनीको बिमा भए वा नभएको अवस्था, बिमा कम्पनीसँग गरिएको दाबीको विवरण, प्रारम्भिक वित्तीय प्रभाव, र आयोजना पुनः सञ्चालन हुन लाग्ने अनुमानित समय जस्ता संवेदनशील सूचनाहरू पनि अनिवार्य रूपमा सार्वजनिक गर्न बोर्डले निर्देशन दिएको छ । त्यस्तै प्राकृतिक विपत्तिको समयमा बजारमा हुनसक्ने अस्वाभाविक चलखेललाई रोक्न बोर्डले नेप्सेलाई विशेष निगरानी राख्न समेत सचेत गराएको छ । प्रभावित कम्पनीहरूको सेयर कारोबारमा हुनसक्ने अस्वाभाविक मूल्य परिवर्तन, कारोबार परिमाणमा आउने असामान्यता, र महत्वपूर्ण सूचना सार्वजनिक हुनुअघि हुनसक्ने भित्री कारोबार (इन्साइडर ट्रेडिङ) लाई नजिकबाट अनुगमन गर्न भनिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend