images

२०८३ आश्विन २ गते

images
images
images
  • विश्व
  • अस्ट्रेलियाको आर्थिक वृद्धिदर दोस्रो त्रैमासिकमा ०.४...

अस्ट्रेलियाको आर्थिक वृद्धिदर दोस्रो त्रैमासिकमा ०.४ प्रतिशत बढ्यो

अस्ट्रेलियाको आर्थिक वृद्धिदर दोस्रो त्रैमासिकमा ०.४ प्रतिशत बढ्यो

images
images
बुधवार, भाद्र १७ २०८३
बुधवार, भाद्र १७ २०८३
  • काठमाडाैँ। अस्ट्रेलियाको आर्थिक वृद्धिदर सन् २०२६ को दोस्रो त्रैमासिकमा शून्य दशमलव ४ प्रतिशत पुगेको छ। मंगलबार सार्वजनिक गरिएको सरकारी तथ्यांकअनुसार आर्थिक वृद्धिदर अघिल्लो त्रैमासिकको तुलनामा बढेको हो।अस्ट्रेलियाको तथ्यांक विभागका अनुसार जुन महिनाको अन्त्यसम्मका तीन महिनामा देशको कुल गार्हस्थ्य उत्पादन शून्य दशमलव ४ प्रतिशतले बढेको हो । मार्चमा समाप्त भएको अघिल्लो त्रैमासिकमा आर्थिक वृद्धिदर शून्य दशमलव ३ प्रतिशत थियो।वार्षिक आधारमा भने जुनसम्मको १२ महिनामा अस्ट्रेलियाको कुल गार्हस्थ्य उत्पादन २ दशमलव १ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ।

    images
    images

    अस्ट्रेलियाको केन्द्रीय बैंकले गत अगस्टमा सार्वजनिक गरेको पछिल्लो प्रक्षेपणमा वार्षिक आर्थिक वृद्धिदर १ दशमलव ९ प्रतिशत रहने अनुमान गरेको थियो । त्यस्तै, देशको सबैभन्दा ठूलो उपभोक्ता बैंकले सोमबार त्रैमासिक आर्थिक वृद्धिको अनुमान शून्य दशमलव १ प्रतिशत र वार्षिक वृद्धिको अनुमान १ दशमलव ६ प्रतिशतमा झारेको थियो।कोषाध्यक्ष जिम चाल्मर्सले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा पछिल्लो तथ्यांकले अस्ट्रेलियाको अर्थतन्त्र अझै पनि लचिलो र मजबुत रहेको देखाएको बताए। तथ्यांक विभागका अनुसार दोस्रो त्रैमासिकको आर्थिक वृद्धि निजी क्षेत्रको मागमा देखिएको सुधार र त्यसलाई पूरा गर्न बढेको आयातका कारण भएको हो।

    तथ्यांक विभागकी राष्ट्रिय लेखा प्रमुख ग्रेस किमले बढ्दो उपभोग र व्यवसायिक लगानी अर्थतन्त्रका केही क्षेत्रमा केन्द्रित रहे पनि समग्र आर्थिक वृद्धिमा आयातले ठूलो भूमिका खेलेको बताए। त्रैमासिक अवधिमा वस्तुको आयात २ दशमलव ४ प्रतिशतले बढेको छ । अस्ट्रेलियाली नागरिकहरू विद्युतीय सवारीसाधनतर्फ आकर्षित भइरहेका बेला सवारीसाधनको आयात १० दशमलव ३ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ।यद्यपि, मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय यात्रामा असर परेपछि सेवाको आयात ४ दशमलव ९ प्रतिशतले घटेको छ। मार्च त्रैमासिकमा खराब मौसमका कारण प्रभावित भएको कोइला उत्पादनमा सुधार आएपछि अस्ट्रेलियाको निर्यात भने शून्य दशमलव ८ प्रतिशतले बढेको छ ।केन्द्रीय बैंकले अगस्टमा गरेको प्रक्षेपणअनुसार डिसेम्बरसम्म वार्षिक आर्थिक वृद्धिदर १ दशमलव ४ प्रतिशतमा झर्ने र सन् २०२८ सम्म पनि २ प्रतिशतभन्दा कम रहने अनुमान गरिएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend