images

२०८३ आश्विन २ गते

images
images
images
  • कृषि
  • कृषि आधुनिकीकरण कार्यक्रममा १० वर्षमा १८...

कृषि आधुनिकीकरण कार्यक्रममा १० वर्षमा १८ लाख परिवार लाभान्वित

कृषि आधुनिकीकरण कार्यक्रममा १० वर्षमा १८ लाख परिवार लाभान्वित

images
images
आइतवार, भाद्र २१ २०८३
आइतवार, भाद्र २१ २०८३
  • काठमाडौँ, २१ भदौ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट एक दशकको अवधिमा १८ लाख १६ हजार ८०७ परिवार लाभान्वित भएका छन् ।

    images
    images

    कृषि उत्पादन बढाउने, आयात प्रतिस्थापन गर्ने तथा निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले सञ्चालन गरेको उक्त कार्यक्रममा हालसम्म रु. ३९ अर्ब ५८ करोड खर्च भएको छ । कार्यक्रमबाट आंशिक तथा पूर्णरूपमा गरी २३ लाख ८३ हजार १८४ जनाले रोजगारी प्राप्त गरेको परियोजनाका सूचना अधिकारी डा. जितबहादुर चन्दले जानकारी दिएका छन् ।

    दश वर्षका लागि तयार पारिएको परियोजनाको कुल लागत रु. १ खर्ब ३० अर्ब अनुमान गरिए पनि सरकारले रु. ५६ अर्ब ३५ करोड मात्र विनियोजन गरेको थियो । यो अनुमानित लागतको करिब ४४ प्रतिशत हो ।

    images
    images

    आर्थिक वर्ष २०७३।७४ मा सुरु भएको कार्यक्रम आर्थिक वर्ष २०८२।८३ मा सम्पन्न भएको हो । किसानले उत्पादन गरेको कृषि उपजको बजार सुनिश्चित गर्न अग्रिम खरिदको नीतिसमेत कार्यक्रमले अघि सारेको थियो ।

    कार्यक्रम सुरुमा ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना’का रूपमा कार्यान्वयनमा आएको थियो । पछि यसको स्वरूप परिवर्तन गरी राष्ट्रिय एकीकृत कार्यक्रमका रूपमा अघि बढाइएको हो ।

    कार्यक्रमले खाद्य तथा पोषण सुरक्षातर्फ धान, गहुँ, तरकारी, आलु, दलहन, तेलहन, गाईभैँसी, बाख्रा र बङ्गुरलाई प्राथमिकता दिएको थियो । त्यस्तै, आयात प्रतिस्थापनतर्फ मकै, फलफूल, स्याउ, ओखर र माछा तथा निर्यात प्रवर्द्धनतर्फ कफी, अलैँची, अदुवा, बेसार र मौरीपालनलाई प्राथमिकतामा राखिएको थियो ।

    कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र दिगो बनाउँदै प्रमुख बालीको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने, किसानको आम्दानी बढाउने र कृषि उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउने कार्यक्रमको मुख्य लक्ष्य रहेको थियो ।

    कार्यक्रमबाट प्राप्त उपलब्धि र प्रभावको बहुपक्षीय समीक्षाका आधारमा कृषि आधुनिकीकरणका कार्यक्रमलाई निरन्तरता दिने तयारी भइरहेको सूचना अधिकारी डा.चन्दले बताएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend