images

२०८३ आश्विन २ गते

images
images
images

बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

images
images
आइतवार, भाद्र २१ २०८३
आइतवार, भाद्र २१ २०८३
  • बर्दिया । भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका बर्दियाका नागरिकको अवस्थाबारे पहिचान सुनिश्चित गर्न डिएनए नमूना सङ्कलन आजदेखि सुरु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेलले सम्पर्कविहीन व्यक्तिका आफन्तलाई नमूना दिन आह्वान गर्दै जरुरी सूचना जारी गरिएको जानकारी दिए ।सो सूचनाअनुसार सम्पर्कविहीन व्यक्तिका फस्ट डिग्री रिलेसन बुबा, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाले डिएनए नमूना दिन सक्नेछन् । बाढीमा परी सम्पर्कविहीन भएका नागरिकको पहिचान सुनिश्चित गर्न आफन्तको नमूना सङ्कलन गर्न लागिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    images
    images

    जिल्ला प्रहरी कार्यालय, बर्दिया, गुलरियामा हुने नमूना सङ्कलन बिहान ९ः ०० देखि साँझ ५ः ०० बजेसम्म हुने सूचनामा उल्लेख छ । नमूना सङ्कलनमा जिल्ला अस्पतालले पनि सहयोग गर्नेछ ।प्रहरी उपरीक्षक पौडेलले दुई दिनसम्म डिएनए नमूना सङ्कलन हुने उल्लेख गर्दै प्रहरीले सम्पर्कविहीन व्यक्तिका आफन्तलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई नमूना दिन आग्रह गरेको बताए । नमूना दिन आउने आफन्तले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात र पासपोर्ट साइजका दुईप्रति फोटो अनिवार्य रूपमा ल्याउनुपर्ने सूचनामा उल्लेख छ ।प्रहरी उपरीक्षक पौडेलले जिल्लामा अहिलेसम्म ७४ जना सम्पर्कविहीन रहेको बताए । जिल्लाको बारबर्दिया नगरपालिका, बाँसगढी नगरपालिका, गेरुवा गाउँपालिका लगायतका स्थानबाट सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

    मन्दिरको दान बाढी पहिरो पीडितलाई

    images
    images

    नेपालगन्जको कारकाँदोस्थित राधाकृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा संग्लन भएको दान रकम बाढीपहिरो पीडितका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ ।मन्दिरका दुवै दानपेटी खोल्दा सङ्कलन भएको कुल रु ३७ हजार ८०८ सम्पूर्ण रकम रसुवाका विपद् पीडितको राहत, उद्धार तथा पुुनस्र्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा पठाउने निर्णय गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव कपिल नेपालले जानकारी दिए ।उनका अनुसार जन्माष्टमीका दिन शुक्रबार धार्मिक आस्था र भक्तिभावका साथै देशमा गएको विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो । पूजाअर्चनाका क्रममा देशमा सुख, शान्ति र समृद्धिको सामूहिक कामना गरिएको थियो ।भक्तजनबाट सङ्कलन भएको दानदक्षिणालाई विपद्को यस घडीमा सामाजिक उत्तरदायित्व मान्दै राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । बैङ्क खुल्नासाथ सो रकम जम्मा गरिने छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend