images

२०८३ आश्विन २ गते

images
images
images

बाढीपीडितका लागि प्रभु बैंकको २ करोड ११ लाख सहयोग

बाढीपीडितका लागि प्रभु बैंकको २ करोड ११ लाख सहयोग

images
images
आइतवार, भाद्र २१ २०८३
आइतवार, भाद्र २१ २०८३
  • काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रभु बैंक लिमिटेडले २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको हो।२०८३ भदौ १० गते बिहान रसुवा भएर बग्ने भोटेकोशी नदीमा अचानक आएको बाढीले भोटेकोशी तथा त्रिशूली नदी किनारका बस्तीमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो। विपद्बाट प्रभावित परिवारको खोजतलास, उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले आर्थिक सहायता प्रदान गरेको जनाएको छ।

    images
    images

    भदौ १६ गते अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले २ करोड ११ लाख ११ हजार १११ रुपैयाँको चेक अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।कार्यक्रममा बैंकका अध्यक्ष किशोर जंग कार्की, सञ्चालक राजु पौडेल तथा सञ्चालक डा. अम्बिका शर्मा लामिछानेको समेत उपस्थिति रहेको थियो।बैंकले विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सम्पर्कविहीन तथा घाइतेको शीघ्र उद्धार र उपचारको कामना गरेको छ। साथै प्रभावित समुदायप्रति बैंकले समवेदना व्यक्त गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend