images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • कुमारी बैंक पीसीएएफमा आबद्ध, वित्तीय गतिविधिको...

कुमारी बैंक पीसीएएफमा आबद्ध, वित्तीय गतिविधिको कार्बन उत्सर्जन मापन गर्ने

कुमारी बैंक पीसीएएफमा आबद्ध, वित्तीय गतिविधिको कार्बन उत्सर्जन मापन गर्ने

images
images
सोमवार, भाद्र २२ २०८३
सोमवार, भाद्र २२ २०८३
  • काठमाडौँ । कुमारी बैंक लिमिटेड पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ) मा आबद्ध भएको छ । बैंकले पीसीएएफको सदस्य बनेसँगै जिम्मेवार बैंकिङ, जलवायु कार्य तथा आफ्नो वित्तीय गतिविधिसँग सम्बन्धित हरितगृह ग्यास उत्सर्जनको मापन र व्यवस्थापनमा थप पारदर्शिता कायम गर्ने भएको हो ।पीसीएएफको सदस्य बनेपछि बैंकले आफ्ना ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जन मापन तथा सार्वजनिक गर्न पीसीएएफले विश्वव्यापी रूपमा मान्यता दिएको मापदण्ड र विधि प्रयोग गर्नेछ । यसले बैंकको जलवायु सम्बन्धी तथ्यांक, जोखिम व्यवस्थापन तथा दिगो वित्तसम्बन्धी अभ्यासलाई थप व्यवस्थित बनाउने अपेक्षा बैंकले गरेको छ ।

    images
    images

    न्यून–कार्बन तथा जलवायु–उत्थानशील अर्थतन्त्र निर्माणतर्फ अघि बढ्न वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहने भएकाले पीसीएएफमा आबद्धताले बैंकलाई आफ्ना लगानी गतिविधिको जलवायु प्रभाव बुझ्न थप सहयोग पुग्ने बैंकले जनाएको छ । प्राप्त तथ्यांकलाई भविष्यका वित्तीय निर्णय, जोखिम व्यवस्थापन तथा दिगोपनसम्बन्धी योजनामा प्रयोग गर्ने बैंकको लक्ष्य छ ।पीसीएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी सहकार्य हो जसले ऋण तथा लगानीमार्फत हुने हरितगृह ग्यास उत्सर्जनको एकरूप रूपमा मूल्यांकन तथा खुलासा गर्न साझा ढाँचा उपलब्ध गराउँदै आएको छ । सन् २०१९ को सेप्टेम्बरमा स्थापना भएको पीसीएएफमा हाल ७०० भन्दा बढी वित्तीय संस्था आबद्ध रहेको बैंकले जनाएको छ ।कुमारी बैंकका सस्टेनेबल बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले पीसीएएफमा आबद्ध हुनु बैंकको दिगोपन यात्राको महत्वपूर्ण कोशेढुंगा भएको बताए । वित्तीय गतिविधिसँग सम्बन्धित उत्सर्जनबारे तथ्यमा आधारित जानकारी प्राप्त हुँदा जलवायु रणनीति सुदृढ गर्न, पारदर्शिता बढाउन तथा दिगो अर्थतन्त्रतर्फ अघि बढ्न सहयोग पुग्ने उनको भनाइ छ । बैंकले आगामी दिनमा दिगो वित्तका अवसर विस्तार गर्नुका साथै आफ्ना सञ्चालन तथा वित्तीय गतिविधिमा वातावरणीय र जलवायु सम्बन्धी पक्षलाई थप समावेश गर्ने जनाएको छ । साथै नेपालका दीर्घकालीन जलवायु तथा विकास प्राथमिकतामा योगदान पुर्‍याउन विभिन्न सरोकारवालासँग सहकार्यलाई निरन्तरता दिने बैंकको भनाइ छ ।

    देशभर बैंकिङ सेवा विस्तार गरेको कुमारी बैंकसँग २७९ शाखा, २९६ एटीएम, ४१ एक्सटेन्सन काउन्टर, ४० शाखारहित बैंकिङ इकाइ तथा १ हजार २३३ पीओएस टर्मिनल रहेको छ । बैंकले डिजिटल बैंकिङ, मोबाइल बैंकिङ तथा अन्तर्राष्ट्रिय भिसा कार्ड सेवासमेत उपलब्ध गराउँदै आएको जनाएको छ । ग्राहककेन्द्रित नवप्रवर्तन, जिम्मेवार बैंकिङ तथा दिगो वित्तमा केन्द्रित हुँदै बैंकले आफ्ना उत्पादन, जनशक्ति र रणनीतिक साझेदारीमार्फत दिगोपनसम्बन्धी पहललाई अघि बढाउने जनाएको छ । देशव्यापी बैंकिङ सञ्जालमार्फत समावेशी तथा जिम्मेवार वित्तीय समाधान प्रवद्र्धन गर्ने बैंकले प्रतिबद्धता व्यक्त गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend