images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसको...

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसको एक करोड सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कांग्रेसको एक करोड सहयोग

images
images
सोमवार, भाद्र २२ २०८३
सोमवार, भाद्र २२ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसले गत भदौ १० गते रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।सोमबार नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको पार्टीको एक प्रतिनिधिमण्डलले अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेलाई भेटी उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिए । 

    images
    images

    बाढी र पहिरोले पुर्‍याएको ठुलो जनधनको क्षतिप्रति सहानुभूति प्रकट गर्दै कांग्रेसले पुनर्स्थापना कार्यमा सघाउन यो रकम उपलब्ध गराएको हो।अर्थमन्त्रीलाई चेक बुझाउने टोलीमा महामन्त्री पौडेलका साथै पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता चालिसे, प्रमुख सचेतक वासना थापा रसुवाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य मोहन आचार्य लगायतका नेताहरूको उपस्थिति रहेको थियो।विनाशकारी बाढी र पहिरोका कारण रसुवा र नुवाकोटका विभिन्न बस्तीहरूमा ठुलो क्षति पुगेको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend