images

२०८३ आश्विन २ गते

images
images
images
  • उर्जा
  • ग्रीन भेन्चर्सको ९ महिनाको आम्दानी सवा...

ग्रीन भेन्चर्सको ९ महिनाको आम्दानी सवा १ अर्ब, पीएलएफ बढेसँगै वित्तीय सूचकमा सुधार

ग्रीन भेन्चर्सको ९ महिनाको आम्दानी सवा १ अर्ब, पीएलएफ बढेसँगै वित्तीय सूचकमा सुधार

images
images
बुधवार, भाद्र २४ २०८३
बुधवार, भाद्र २४ २०८३
  • काठमाडौं । विशाल ग्रुप अफ कम्पनिज् र त्रिवेणी ग्रुप अफ कम्पनिज्‌को संयुक्त लगानी रहेको ग्रीन भेन्चर्स लिमिटेडले गत आर्थिक वर्षको ९ महिनाको अवधिमा सवा एक अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आवको ९ महिनाको अवधिमा १ अर्ब ३० करोड ३० लाख रुपैयाँ आम्दानी गरेको हो ।कम्पनीले सन् २०२५ मा १ अर्ब ६२ करोड ९० लाख, २०२४ मा १ अर्ब ४७ करोड ७० लाख, सन् २०२३ मा १ अर्ब ५६ करोड ७० लाख र २०२२ मा ९४ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो ।सन् २००४ मा स्थापना भएको यो कम्पनी सन् २०१९ मा पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । कम्पनीले हाल ओखलढुंगा र रामेछाप जिल्लामा ५२.४ मेगावाटको लिखु फोर हाइड्रोइलेक्ट्रिक आयोजना सञ्चालन गर्दै आएको छ ।

    images
    images

    सन् २०२१ को नोभेम्बरबाट व्यवसाय सुरु गरेको यो कम्पनीको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १० प्रतिशतले बढेको थियो । गत आवको ९ महिनाको अवधिमा प्लान्ट लोड फ्याक्टर पीएलएफ क्षमता बढेर ६३.५६ प्रतिशतमा सञ्चालन भएको छ । सन् २०२५ मा कम्पनीको पीएलएफ क्षमता बढ्दा व्यापार बढेको थियो । सन् २०२५ मा उक्त क्षमता बढेर ६२.४१ प्रतिशत पुगेको थियो ।कम्पनीले गत आवको ९ महिनाको अवधिमा ८६.२८ प्रतिशत सञ्चालन मार्जिन कायम गरेको छ । यसअघि सन् २०२५ मा कम्पनीको नाफा मार्जिन ८५.११ प्रतिशत र २०२४ मा ८१.७४ प्रतिशत थियो ।त्यस्तै, कम्पनीले गत आवको ९ महिनाको अवधिमा ३७.९५ प्रतिशत खुद नाफा गरेको छ भने कुल नगद सञ्चिति ८२ करोड ९० लाख रुपैयाँ पुगेको छ । सन् २०२५ मा कम्पनीको कुल नगद सञ्चिति ८१ करोड ३० लाख रुपैयाँ थियो ।कम्पनीको पुँजीगत संरचनामा सुधार आएको छ । ९ महिनाको अवधिमा कम्पनीको समग्र गियरिङ अनुपात १.४९ गुणा रहेको छ । यो अनुपात सन् २०२५ मा १.८६ गुणा थियो । कम्पनीको ब्याज कभरेज अनुपात ३.७८ गुणा रहेको छ । कम्पनीको कुल बाह्य दायित्व र ट्यान्जिबल नेटवर्थ १.५० गुणा र कुल ऋण र कुल नगद सञ्चिति ५.८४ गुणा रहेको छ । सन् २०२५ मा कम्पनीको कुल नगद सञ्चिति ८.७७ गुणा थियो ।

    कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ६ अर्ब ६० करोड ४२ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले ६ अर्ब ४५ करोड ४२ लाख रुपैयाँ दीर्घकालीन कर्जाका लागि आईआरएन त्रीपल बी र १५ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि आईआरएन ए३ प्लस रेटिङ पाएको छ । यी दुवै किसिमको कर्जाको रेटिङमा यो पटक सुधार भएको हो ।कम्पनीले हाल ३९ अर्ब ५० करोड रुपैयाँ लागतमा १८० मेगावाटको कालीगण्डकी गर्ज हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । यो आयोजना कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिमार्फत निर्माण भइरहेको छ । जसमा कम्पनीले प्रति मेगावाट २ करोड २० लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ ।कम्पनीले आयोजना निर्माणका लागि ७५ः२५ कर्जा र इक्विटीको लगानी अनुपात राखेको छ । कम्पनीले उक्त आयोजना सन् २०२९ बाट व्यवसायिक कारोबार सुरू गर्ने योजना बनाएको छ । उक्त आयोजनामा कम्पनीको ५१ प्रतिशत इक्विटी स्वामित्व हुने कम्पनीको भनाइ छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend