images

२०८३ आश्विन २ गते

images
images
images
  • बैंक वित्त
  • प्रभु बैंकका सञ्चालक र कर्मचारीले बाढीपीडितका...

प्रभु बैंकका सञ्चालक र कर्मचारीले बाढीपीडितका लागि जुटाए ४० लाख ८० हजार रुपैयाँ

प्रभु बैंकका सञ्चालक र कर्मचारीले बाढीपीडितका लागि जुटाए ४० लाख ८० हजार रुपैयाँ

images
images
शनिवार, भाद्र २७ २०८३
शनिवार, भाद्र २७ २०८३
  • काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारलाई राहत सहयोग गर्ने उद्देश्यले प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले स्वेच्छिक रूपमा संकलन गरेको ४० लाख ८० हजार ५० रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।

    images
    images

    संकलित रकमको चेक प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुमन शर्माले अर्थ मन्त्रालयमा पुगेर अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गर्नुभएको हो ।

    बाढी प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले बैंकले यसअघि पनि विभिन्न सहयोग गर्दै आएको जनाएको छ । बैंकले १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग जिल्ला प्रशासन कार्यालय, नुवाकोटमार्फत प्रभावित परिवारलाई उपलब्ध गराएको थियो ।

    images
    images

    त्यसैगरी, प्रभु बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग रकमको चेकसमेत हस्तान्तरण गरेको थियो ।

    बैंकका अनुसार प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले संस्थागत तथा कर्मचारीस्तरबाट सहयोगलाई निरन्तरता दिइएको हो । पछिल्लो सहयोगले बाढी तथा पहिरोबाट प्रभावित परिवारको तत्कालीन राहत आवश्यकतामा केही सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend