images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार ६२८...

नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार ६२८ कित्ता संस्थापक सेयर बिक्रीमा

नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार ६२८ कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
आइतवार, भाद्र २८ २०८३
आइतवार, भाद्र २८ २०८३
  • काठमाडौँ। नारायणी डेभलपमेन्ट बैंकले ६५ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले ६५ हजार ६२८ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।उक्त सेयर हाल विद्यमान संस्थापक सेयरधनीबाट आवेदन नपरेपछि अन्य इच्छुक तथा योग्य व्यक्ति, संस्था वा निकायबाट आवेदन माग गरेको हो । बैंकका अनुसार संस्थापक शेयर खरिद गर्न इच्छुक योग्य आवेदकले सूचना प्रकाशित भएको मिति (भदौ २७ गते) ले १५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । आवेदनमा आफूले खरिद गर्न चाहेको सृयर संख्या र प्रस्तावित खरिद मूल्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ ।

    images
    images

    त्यस्तै सेयर खरिदका लागि राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम आफू योग्य रहेको प्रमाणित हुने आवश्यक कागजातसमेत आवेदनसँगै पेश गर्नुपर्नेछ। आवेदन बैंकको केन्द्रीय कार्यालय भरतपुर–१०, चितवनमा कार्यालय समयभित्र पेश गर्नुपर्नेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend