काठमाडौंं । नबिल बैंकले बाढीग्रस्त क्षेत्र रसुवाको टिमुरेबाट धुन्चेमा शाखा कार्यालय समायोजन गरेको छ ।यससँगै टिमुरेमा रहेका नबिल बैंकका ग्राहकले बैंकिङ सेवा लिनका लागि धुन्चे जानुपर्ने भएको छ ।
बैंकले असोज १ देखि नै धुन्चेबाट सेवा लिन ग्राहकहरूलाई आग्रह गरेको छ ।गत भदौ १० गते भोटेकोशी हुँदै आएको बाढीले टिमुरेमा रहेको बैंकको शाखा पूर्ण रुपमा क्षति भएपछि बैंकले सो शाखा समायोजन गरेर धुन्चेबाट सेवा दिन लागेको हो ।




.gif)



