images

२०८३ आश्विन २ गते

images
images
images
  • विश्व
  • ट्रम्पको बाल्यकाल बितेको घर १९ लाख...

ट्रम्पको बाल्यकाल बितेको घर १९ लाख ३० हजार डलरमा बिक्री

ट्रम्पको बाल्यकाल बितेको घर १९ लाख ३० हजार डलरमा बिक्री

images
images
आइतवार, भाद्र २८ २०८३
आइतवार, भाद्र २८ २०८३
  • वाशिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो बाल्यकाल बिताएको न्युयोर्क सहरस्थित घर झन्डै २० लाख डलरमा बिक्री भएको छ । लामो समयसम्म बेवास्ता गरिएको र ढुसीले भरिएको, बिरालाहरू बस्ने अवस्थाको उक्त घरलाई पुनर्निर्माण गरी आधुनिक आवासमा रूपान्तरण गरेपछि बिक्री गरिएको हो । ट्रम्प चार वर्षको उमेरसम्म क्विन्सस्थित ट्युडर शैलीको उक्त घरमा बसेका थिए । उनका पिता तथा घरजग्गा व्यवसायी फ्रेड ट्रम्पले सन् १९४० मा सम्पन्न जमैका इस्टेट्स क्षेत्रमा उक्त घर निर्माण गरेका थिए । ट्रम्प परिवारले धेरै वर्षदेखि उक्त घरलाईआफ्नो स्वामित्वमा राखेको छैन ।

    images
    images

    जुलाईमा एक अज्ञात खरिदकर्ताले घर किन्न सम्झौता गरेपछि शुक्रबार घरको बिक्री मूल्य १९ लाख ३० हजार डलर रहेको विवरण रियल इस्टेटसम्बन्धी वेबसाइटहरूमा सार्वजनिक भएको थियो । बिक्रेता टमी लिनले गत वर्ष पाँच शयनकक्ष र तीन बाथरुम भएको उक्त घर ८ लाख ३५ हजार डलरमा किनेका थिए । घर वर्षौँसम्म खाली र बेवास्ता गरिएको अवस्थामा रहेको थियो ।द न्यूयोर्क पोस्टका अनुसार लिन नाम गरेका घरजग्गा डेभलपरले घरको भित्री भागमा व्यापक पुनर्निर्माण गर्न आठ महिनासम्म थप ५ लाख डलर खर्च गरेका थिए । पुनर्निर्माणपछि घरमा शेफका लागि डिजाइन गरिएको भान्सा, हेरिङबोन शैलीको काठको भुइँ र स्पाजस्तै सुविधासहितका बाथरुम थपिएका थिए । जिलोका अनुसार पछिल्ला केही वर्षमा उक्त घर पटक–पटक बिक्री भएको थियो । सन् २०१७ मा ट्रम्प राष्ट्रपति बनेको केही महिनापछि सो घर २१ लाख ४० हजार डलरमा बिक्री भएको थियो ।

    त्यसपछिका ‘ट्रम्प बर्थ होम एलएलसी’ नामको संस्थाले पनि घर किनेको थियो । उक्त घर केही समय एयरबीएनबीमार्फत भाडामा समेत उपलब्ध गराइएको थियो। घरमा ट्रम्पको जीवन–आकारको कार्डबोर्ड कटआउटका प्रतिलिपि, उनको पुस्तक ‘द आर्ट अफ द डील’ प्रतिलिपि र ट्रम्पको तस्बिरसहितको एभयउभि म्यागजिनको फ्रेम गरिएको आवरणसमेत राखिएको थियो । सन् २०१९ मा उक्त घर पुनः बिक्रीका लागि राखिएको थियो र त्यसबेला यसको माग मूल्य २९ लाख डलर तोकिएको थियो । तर बिक्री हुन सकेन । अन्ततः लिनले उक्त घर खरिद गरेका थिए । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend