images

२०८३ आश्विन १ गते

images
images
images

सुदूरपश्चिममा छवटा शीतभण्डार निर्माण सम्पन्न

सुदूरपश्चिममा छवटा शीतभण्डार निर्माण सम्पन्न

images
images
सोमवार, भाद्र २९ २०८३
सोमवार, भाद्र २९ २०८३
  • कञ्चनपुर, २९ भदौ । सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा कृषि उपज भण्डारणका लागि छवटा शीतभण्डार ९कोल्ड स्टोर० निर्माण सम्पन्न भएको छ । यस्तै, सातवटा निर्माणाधीन छन् । 

    images
    images

    कृषि विकास निर्देशनालय दिपायलको तथ्याङ्कअनुसार सुदूरपश्चिमका अछाम र बाजुरामा २० मेट्रिक टन क्षमता कोल्ड स्टोर निर्माण सम्पन्न भइसकेको छ । यस्तै, दार्चुला, बैतडी र डडेल्धुरामा कोल्ड स्टोर निर्माणकार्य जारी छ । 

    त्यसैगरी, डोटीको राजपुर र जोरायलमा आलु तथा तरकारी भण्डारणका लागि २० मेट्रिक टन क्षमताका दुईवटा कोल्ड स्टोर निर्माणाधीन अवस्थामा रहेको छ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा ३० मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माणाधीन अवस्थामा रहेको छ भने दोधार चाँदनी नगरपालिकामा ३० मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण सम्पन्न भइसकेको छ ।

    images
    images

    कैलालीको भजनी र चुरेमा २० मेट्रिक टन क्षमताका एक–एकवटा कोल्ड स्टोर निर्माणाधीन छन् । यस्तै, लम्कीचुहामा ३० मेट्रिक टन र गोदावरीमा सबैभन्दा बढी ३५० मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण सम्पन्न भएको कृषि विकास निर्देशनालय दिपायलले जनाएको छ । 

    तेह्रवटा कोल्ड स्टोर निमार्णका लागि प्रदेश सरकारले रु आठ करोड १५ लाख ९१ हजार लागत अनुमान गरेकामा रु छ करोड ६२ लाख नौ हजारमा ठेक्का सम्झौता भएको थियो । 

    हालसम्म रु चार करोड तीन लाख ८३ हजार खर्च भइसकेको छ । तेह्रवटा कोल्ड स्टोरमध्ये छवटा निर्माण सम्पन्न भएका छन् भने सातवटा निर्माणाधीन अवस्थामा रहेको निर्देशनालयका कृषि प्रसार अधिकृत केशवराज पाण्डेयले जानकारी दिएका छन् । “आलु तथा तरकारी भण्डारणका लागि निर्माण गरिएका कोल्ड स्टोरमा प्रि–कुलिङ च्याम्बरसमेत राखिएको छ”, उनले भने, “यी कोल्ड स्टोरले सुदूरपश्चिमका किसानको कृषि उपज भण्डारमा सहयोग पुग्छ ।”
     
    दोधारा चाँदनीमा निर्माण सम्पन्न भएर सञ्चालनमा ढिलाइ भइरहेको कोल्ड स्टोर सञ्चालनमा ल्याउन पालिकाले प्रक्रिया अघि बढाएको छ । 

    दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशचन्द्र जोशीले विद्युत् आपूर्तिको समस्याका कारण सञ्चालनमा आउन ढिलाइ भए पनि पालिकाले कोल्ड स्टोर सञ्चालनमा ल्याउन आवश्यक काम गरिरहेको बताएका छन् । “कम भोल्टेजका कारण सञ्चालनमा आउन नसकेको हो, त्यसका लागि नयाँ ट्रान्सफार्मर खरिद गर्नुपर्ने छ”,  उनले भने, “पालिकाले ट्रान्सफार्मर खरिद गरेर छिट्टै सञ्चालनमा ल्याउने तयारी गरेको छ ।”
         
    कोल्ड स्टोर नहुँदा यहाँका किसानलाई कृषि उपज भण्डारण गर्न समस्या हुने गरेको थियो । कोल्ड स्टोर सञ्चालनमा आए यहाँका किसानलाई ठूलो सहयोग पुग्ने कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख हरिप्रसाद पनेरुले बताएका छन्।

    जिल्लामा भण्डार सुविधा नहुँदा किसानले आलुको बीउ राख्नसमेत समस्या हुने गरेको उनले बताएका छन् । सुदूरपश्चिम सरकारबाहेक यहाँको बेदकोट नगरपालिकामा सङ्घीय सरकारको सहयोगमा १५ हजार क्विन्टल क्षमताको कोल्ड स्टोर निर्माणाधीन छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend