images

२०८३ आश्विन २ गते

images
images
images
  • शेयर
  • नेप्सेसँगै बढ्यो कारोबार रकम, परिसूचक २५.५५...

नेप्सेसँगै बढ्यो कारोबार रकम, परिसूचक २५.५५ अंकले उकालो

नेप्सेसँगै बढ्यो कारोबार रकम, परिसूचक २५.५५ अंकले उकालो

images
images
सोमवार, भाद्र २९ २०८३
सोमवार, भाद्र २९ २०८३
  • काठमाडौं, २९ भदौ । साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक २५.५५ अंकले बढेर २ हजार ५८५.०४ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन शुक्रबार बढेर बन्द भएको बजारले सोमबार पनि सोही लयलाई निरन्तरता दिएको हो।

    images
    images

    सोमबार सेन्सेटिभ इन्डेक्स ४.३४ अंकले बढेको छ। यस्तै, फ्लोट इन्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.५६ अंकले उकालो लागेको छ।

    नेप्सेसँगै सोमबार कारोबार रकममा समेत वृद्धि भएको छ। शुक्रबार ४ अर्ब ३६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा सोमबार ३३६ स्टकको ४९ हजार ७४ पटकको कारोबारमा ४ अर्ब ६८ करोड ८६ लाख ८२ हजार रुपैयाँ बराबरको १ करोड १५ लाख ९५ हजार कित्ता शेयर किनबेच भएको छ।

    images
    images

    इन्फिनिटी लघुवित्तको शेयरमूल्य सर्वाधिक बढ्यो

    सोमबार कारोबारमा आएको इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ६.४३ प्रतिशत बढेको छ। त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य करिब साढे ६ प्रतिशत तथा सृजनशील लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब ६ प्रतिशतले बढेको छ।

    यस दिन उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सर्वाधिक ८.२३ प्रतिशत घटेको छ।

    एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार सर्वाधिक

    कारोबार रकमका आधारमा सोमबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। कम्पनीको २४ करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

    यस्तै, लिबर्टी इनर्जीको करिब २४ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ भने सानिमा मिडिल तमोर हाइड्रोपावरको कारोबार रकम २० करोड रुपैयाँभन्दा बढी पुगेको छ।

    १२ उपसमूह बढे

    सोमबार १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ।

    वित्त उपसमूहको परिसूचक सर्वाधिक १.६७ प्रतिशत बढेको छ। त्यस्तै, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले बढेको छ।

    कारोबारमा आएको म्युचुअल फन्ड उपसमूहको परिसूचक भने सामान्य अंकले घटेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend