images

२०८३ आश्विन १ गते

images
images
images
  • अन्य
  • कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन...

कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने

कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने

images
images
सोमवार, भाद्र २९ २०८३
सोमवार, भाद्र २९ २०८३
  • काठमाडौँ, २९ भदौ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि २३ गतेसम्म पार्टीको छुट्टै १५औँ महाधिवेशन गर्ने भएको छ । सो पक्षले आज यहाँ पत्रकार सम्मेलन गरी संस्थापन पक्षले पार्टीलाई एकताबद्ध बनाउने सम्बन्धमा खासै चासो नदिएको र संवादलाई बेवास्ता गरेको भन्दै आगामी मङ्सिरमा १५औँ महाधिवेशन थाल्ने जनाएको हो ।

    images
    images

    उक्त महाधिवेशन तयारी समितिका संयोजक प्रा डा शङ्शाक कोइरालाले १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आगामी असोज १५ गतेदेखि वडा तहको अधिवेशन सुरु गर्ने जानकारी दिए।

    संयोजक प्रा डा कोइरालाले भने, “पार्टीको आधिकारिकतासम्बन्धी विषय सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकतर्फी रूपमा घोषणा गरिएको कार्यतालिका स्थगन गरेर वार्ता र संवादमार्फत सहमतिमा पुग्ने वा सर्वोच्च अदालतको निर्णयको प्रतिक्षा नगरी एकलौटी रूपमा अगाडि बढ्नु कुनै पनि हालतमा उचित मान्न सकिन्न ।”

    images
    images

    उनले पार्टीको भविष्यलाई केन्द्रमा राखेर कानुनी र राजनीतिक दुवै पक्षको सम्मान हुनेगरी समाधान खोज्नु आजको आवश्यकता भएको उल्लेख गरे । पार्टीको संस्थापन पक्षले आइतबार मात्रै कार्यसम्पादन समितिको बैठकबाट निर्णय गरी आगामी असोज ३ गतेदेखि वडा अधिवेशन थाल्ने र असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने तालिका सार्वजनिक गरेको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend