images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • थाइल्याण्डबाट ३ केजी गाँजा काठमाडौँ ल्याइयो,...

थाइल्याण्डबाट ३ केजी गाँजा काठमाडौँ ल्याइयो, सोह्रखुट्टेबाट तीन जना पक्राउ

थाइल्याण्डबाट ३ केजी गाँजा काठमाडौँ ल्याइयो, सोह्रखुट्टेबाट तीन जना पक्राउ

images
images
मंगलवार, भाद्र ३० २०८३
मंगलवार, भाद्र ३० २०८३
  • काठमाडौँ । थाइल्याण्डबाट ल्याएको गाँजा सहित लागु औषध नियन्त्रण ब्युरोले काठमाडौँको सोह्रखुट्टेबाट ३ जनालाई पक्राउ गरेको छ । म्यानमार घर भएकी २९ वर्षीया जिन जिन फ्यो ले क्याथे प्यासिफिकको उडान मार्फत भियतनाम हुँदै हङकङ घुमाएर गाँजा ल्याएकी हुन् । भदौ २८ मा विमानस्थलबाट फलो गरेर उनलाई सोह्रखुट्टेबाट पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले बताए । प्रहरीले उनले ल्याएको ३ केजी गाँजा बरामद गरेको छ ।

    images
    images

    गाँजा रिसिभ गर्न भारतबाट आएका अरू दुई जनालाई पनि पक्राउ गरिएको एसएसपी बोहराले बताए । पक्राउ पर्नेमा भारतको गोरखपुर घर भएका ३० वर्षीय बरकतुल्लाह र उत्तर प्रदेश घर भएका २५ वर्षीय युसुफ खान छन् । भारतीयहरू म्यानमारकी नागरिक बसेको होटलमा गाँजा रिसिभ गर्न पुगेको अवस्थामा प्रहरीले रेकी गरेर पक्राउ गरेको हो ।गाँजा ल्याउने महिला सिंगापुरमा बसेर सिकर्मीको काम गर्दै आएकी थिइन् । उनी भियतनाम पुगेर त्यहाँ अर्का एकजना म्यानमारका नागरिकले दिएको गाँजा लुकाएको सुटकेस रिसिभ गरेर हङकङ हुँदै काठमाडौँ आएको उनको ट्राभल हिस्ट्र भेटिएको छ । बरामद गरिएको गाँजाको मूल्य भारतमा पुगेपछि १ करोड २० लाख पर्ने अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । आरोपीहरूमाथि ब्युरोले लागु औषध सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend