images

२०८३ आश्विन २ गते

images
images
images
  • समाचार
  • बाढी प्रभावितका लागि फ्रान्सले उपलब्ध गरायो...

बाढी प्रभावितका लागि फ्रान्सले उपलब्ध गरायो राहत सामग्री

बाढी प्रभावितका लागि फ्रान्सले उपलब्ध गरायो राहत सामग्री

images
images
मंगलवार, भाद्र ३० २०८३
मंगलवार, भाद्र ३० २०८३
  • काठमाडौँ। भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावतिहरुका लागि फ्रान्सले मानवीय सहायता सामग्री उपलब्ध गराएको छ ।विनाशकारी बाढीपछि तत्काल राहत र पुनरुत्थान कार्यलाई मजबुत बनाउन नेपालस्थित फ्रान्सको दूतावासले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई मङ्गलबार राहत सामग्री उपलब्ध गराएको फ्रान्सेली दूतावासले जनाएको छ ।फ्रान्सले म्याट, सरसफाइ किट, भान्साका सामान, पानी शुद्धीकरण गर्ने ट्याब्लेट, सोलार बत्ती र औषधि किट उपलब्ध गराएको दूतावासले जानकारी गराएको छ । सरकारले युरोपेली सङ्घको नागरिक सुरक्षा संयन्त्रमार्फत गरेको अनुरोधका आधारमा यी सामग्रीहरू उपलब्ध गराइएको दूतावासले विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

    images
    images

    यी सामग्रीहरू नेपालका लागि फ्रान्सका राजदूत फ्रान्स्वाज पुइग–इन्जाले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका छन् । राजदुत पुइग–इन्जाले यो दुखद् घडीमा फ्रान्स नेपाल सरकार र नेपाली जनताको साथमा रहेको उल्लेख गरे । यो आपत्कालिन सहयोगका साथै भविष्यमा थप सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।यो आपत्कालीन मानवीय सहायताका अतिरिक्त, फ्रान्स सरकारले संयुक्त राष्ट्र सङ्घका एजेन्सीहरू, रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ र फ्रान्सका एक्सन अगेन्स्ट हयाङ्गर र ट्रायङ्गल जेनेरेसन ह्युम्यानाटायरमार्फत प्रभावित क्षेत्रमा उद्धार तथा खोजमा सहयोग गरिरहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend