images

२०८३ आश्विन १ गते

images
images
images

तेलको मूल्य घट्ने ट्रम्पको दाबी

तेलको मूल्य घट्ने ट्रम्पको दाबी

images
images
मंगलवार, भाद्र ३० २०८३
मंगलवार, भाद्र ३० २०८३
  • न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सैन्य द्वन्द्व अन्त्य भएपछि विश्व बजारमा तेलको मूल्य तीव्र रूपमा घट्ने दाबी गरेका छन् । उनले इरान अमेरिकासँग शीघ्र सम्झौता गर्न इच्छुक रहेको बताउँदै आणविक हतियार विकास रोक्न आफ्नो प्रशासन सफल भएको दाबीसमेत गरेका छन् ।‘ट्रुथ सोसल’ मा सन्देश जारी गर्दै उनले अमेरिका इरानसँग वार्ताका लागि खुला रहेको बताएका छन् । हर्मुज जलघाँटीबाट कच्चा तेलको आपूर्ति जारी रहेको उल्लेख गर्दै अन्य देशका लागि समुद्री मार्गको सुरक्षा गरेबापत अमेरिकाले खर्च बेहोर्नुपर्ने उनको भनाइ छ ।

    images
    images

    राष्ट्रपति ट्रम्पले अमेरिकी रक्षा कारखाना २४सै घण्टा सञ्चालनमा रहेको र प्याट्रियट, थाड, टोमाहोकलगायत क्षेप्यास्त्रको उत्पादन बढाइएको दाबी गरेका छन् ।यसैबीच, इरानले हर्मुज जलघाँटी नजिकै अमेरिकी चालकविहीन पानीमुनिको ‘डाइभ–एलडी’ यान कब्जा गरेको जनाएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले उक्त यानलाई ‘युद्धको लुट’ भन्दै कब्जा वैध भएको दाबी गरेका छन् । क्यालिफोर्नियास्थित एन्डुरिलले निर्माण गरेको उक्त यान समुद्री नक्साङ्कन, सूचना सङ्कलन र पानीमुनिका पूर्वाधार निरीक्षणमा प्रयोग हुने बताइएको छ ।तर अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले इरानी दाबीको खण्डन गर्दै उक्त यान कब्जा हुनुअघि नै प्राविधिक समस्यामा परेको स्पष्ट पारेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend