images

२०८३ आश्विन १ गते

images
images
images

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी

images
images
बुधवार, भाद्र ३१ २०८३
बुधवार, भाद्र ३१ २०८३
  • काठमाडौँ । सर्वोच्च अदालतको मुद्दा फाँटमा गएराति विद्युत् सर्ट भएर आगलागी भएको छ । आगलागीबाट मुद्दा फाँटमा रहेको टेबल, कुर्सी र तीन वटा कम्प्युटरमा क्षति पुगेको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।‘गएरातिको समयमा विद्युत् सर्ट भएर आगलागी भए पनि महत्वपूर्ण मिसिल फाइल सुरक्षित रहेको छ,’ प्रवक्ता कोइरालाले भने, ‘ढोका बन्द गरेको अवस्थामा आगलागी भएकाले विद्युत् सर्ट भएको कुरा कार्यालय खोलेपछि मात्रै जानकारी भयो ।’

    images
    images

    २०८२ भदौ २४ गतेको आगजनीपछि सर्वोच्च अदालतले एनेक्स भवन र निर्माणाधीन नयाँ भवनबाट आफ्नो काम सञ्चालन गरिरहेको छ । अहिले निर्माणाधीन भवनको एउटा भागमा इजलास र प्रशासन सरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend