images

२०८३ आश्विन १ गते

images
images
images

सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा

सांग्रिला डेभलपमेन्ट बैंकले बोलायो साधारण सभा

images
images
बुधवार, भाद्र ३१ २०८३
बुधवार, भाद्र ३१ २०८३
  • काठमाडौँ ।  सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो २२ औँ वार्षिक साधारणसभा बोलाएको छ ।बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले साधारणसभा आउँदो असोज २२ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस  सेयर र सोको कर प्रयोजनार्थसहित ६.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना र सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    images
    images

    sलाभांश र सभा प्रयोजनार्थ बैंकले असोज ८ गतेदेखि असोज २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज ८ गतेभन्दा अघिसम्म कायम  सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend