images

२०८३ आश्विन १ गते

images
images
images
  • विश्व
  • अन्तरिक्षमा हतियार राख्ने होडबाजी चर्कन सक्ने...

अन्तरिक्षमा हतियार राख्ने होडबाजी चर्कन सक्ने चीनको चेतावनी

अन्तरिक्षमा हतियार राख्ने होडबाजी चर्कन सक्ने चीनको चेतावनी

images
images
बुधवार, भाद्र ३१ २०८३
बुधवार, भाद्र ३१ २०८३
  • बेइजिङ । चीनले अमेरिकालाई अन्तरिक्षमा आफ्नो सैन्य गतिविधि विस्तार नगर्न आग्रह गरेको छ। पृथ्विको कक्षामा सैन्य हतियार तैनाथ गरेको अमेरिकाले स्वीकार गरेपछि चीनको यो अभिव्यक्ति बाहिर आएको हो। अमेरिकाको यस्तो कदमले अन्तर्राष्ट्रिय स्तरमै अन्तरिक्ष हतियारको होड बढाउन सक्ने चेतावनी चीनले दिएको छ।अन्तरिक्षको सैन्यीकरण र त्यसलाई युद्धको क्षेत्र बनाउने प्रयासको चीनले विरोध गर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले बताएका छन्। उनले अमेरिकालाई अन्तरिक्षमा सैन्य निर्माण विस्तार रोक्न र विश्वव्यापी रणनीतिक स्थिरता कायम गर्न आग्रह गरे। 

    images
    images

    शत्रुको कारबाहीबाट संयुक्त सैन्य बललाई रक्षा गर्न सक्षम र कक्षामा रहेका अन्तरिक्ष नियन्त्रित हतियार आफूहरूसँग रहेको अमेरिकी वायुसेनाका सचिव ट्रोय मेइन्कले सोमबार बताएका थिए। तर उनले ती हतियार कुन–कुन हुन् भन्ने स्पष्ट पारेका थिएनन्।चीनको अंग्रेजी भाषाको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले अमेरिकी कदमलाई अन्तरिक्षमा प्रभुत्व कायम गर्ने प्रयासका रूपमा व्याख्या गर्दै यसले विश्वव्यापी अन्तरिक्ष हतियारको दौडलाई तीव्र बनाउन सक्ने जनाएको छ। चिनियाँ सैन्य विश्लेषक सोङ झोङपिङका अनुसार अमेरिकाको पछिल्लो स्वीकारोक्तिले अन्तरिक्ष सम्पत्तिको सुरक्षामा केन्द्रित रणनीतिबाट कक्षामै प्रत्यक्ष हतियार तैनाथ गर्ने दिशातर्फ परिवर्तन देखाउँछ। अमेरिका यही बाटोमा अघि बढे अन्य देशहरूले पनि प्रतिक्रिया दिनुपर्ने दबाब महसुस गर्न सक्ने उनले बताए।

    यसअघि चिनियाँ समाचार संस्था सिन्ह्वाले अमेरिकी सैन्य अन्तरिक्ष अभ्यासबारे विश्लेषण गर्दै यस्तो कदमले सुरक्षा द्विविधा सिर्जना गर्न सक्ने बताएको थियो। एउटा देशले आफ्नो सुरक्षा बढाउन गरेको कदमलाई अर्को देशले खतरा ठानेर आफ्नो सैन्य क्षमता थप विस्तार गर्ने अवस्था आउन सक्ने सिन्ह्वाले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend